Posts

प्रतिवेदन लेखनको अभ्यास

विद्यार्थीलाई प्रतिवेदन लेखनको अभ्यास गराउन तयार गरिएको  नमूना १  मानव बेचबिखन नियन्त्रणमा भएका कानुनी व्यवस्थाका बारमा नजिकको सुरक्षा निकायमा गइ छलफल गरी कक्षामा प्रतिवेदन प्रस्तुत गर्नुहोस् । मानव बेचबिखन नियन्त्रणमा भएका कानुनी व्यवस्थाका बारेमा प्रहरी चौकी तालामाराञमा भएको छलफलका आधारमा तयार पारिएको प्रतिवेदन पृष्ठभूमि ः हामी कक्षाा ८ मा अध्ययनरत सबै विद्यार्थीहरु विषय शिक्षकको समन्वयमा प्रहरी चौकी तालामाराञमा मानव बेचबिखन नियन्त्रणमा भएका कानुनी व्यवस्था सम्बन्धी विषयमा छलफल गर्न गएका थियौं । छलफलमा हामी विद्यार्थी, सामाजिक शिक्षक सहित प्रहरी चौकीका असइ, हवल्दार र केही प्रहरी जवानहरु हुनुहुनथ्यो । सोही छफलफलका आधारमा यो प्रतिवेदन तयार पारिएको हो ।  उद्देश्य ः  यस छलफल कार्यक्रमको उद्देश्य निम्नानुसार निर्धारण गरिएको थियो ः  क) मानव बेचबिखन नियन्त्रण सम्बन्धी भएका कानुनी व्यवस्थाको बारेमा जानकारी प्राप्त गर्नु   ख) भएका कानुनको कार्यान्वयनको स्थितिबारे थाहा पाउनु  ग) मानव बेचबिखन नियन्त्रणमा रहेका चुनौतीहरु थाहा पाउनु  छलफलबाट प्राप्त क...

भ्रष्टाचार विरुद्ध जनचेतना जगाउने नाटक

(वडा कार्यालयमा वडाध्यक्ष कुर्सीमा बसिरहेका हुन्छन् । त्यसै क्रममा गाउँका चल्ताफूर्ता भनेर चिनिने जोगमणी यसपालीको गाउँको बजेटका बारेमा बुझ्न जान्छन् । )  जोगमणि ः नमस्कार वडाध्यक्ष ज्यू , वडाध्यक्ष ः नमस्कार, जोगमणी जी , के कामले आउनुभयो । बस्नोस् न् । जोगमणी ः खासै त के काम हुनु र नयाँ वर्षको लागि गाउँमा के कति बजेट छुट्टिएको रछ, बुझ्नुपर्यो भनेर आएको सर । अब यसपाली पनि काम त जिम्मा लिएर गर्नुपर्यो नि । नत्र गाउँको विकास कहाँ हुन्छ र । वडाध्यक्षः (बजेटको पत्र देखाउँदै) यही त हो नि यी गाउँपालिकाले छुट्याएको योजनाहरुको बजेट । अब तत्काल उपभोक्ता समिति बनाएर कामका ेसम्झौता गर्नुपर्छ । अनि काम सुरु गरे भइहाल्छ । निकाशाको लागि सहयोग हामी गरिहाल्छौं तर गाउँलेको सल्लाह अनुसार काम चैं राम्रो गर्नुपर्छ अनि प्रक्रिया पूरा गरेर । जोगमणी ः कामको त चिन्तै गर्नुपदैनन नी सर बजेट निकाशा त गर्नुस् न । हामी जस्ता काम गर्ने मान्छे भएछि त हजुरको वडा ५ वर्षमा काँचुली नै फेर्छ । वडाध्यक्ष ः ल उपभोक्ता समिति बनाएर आउनुहोस् । बजेट निकाशाको काममा म सघाउँला । जोगमणी ः (फर्कन्छन्, अनि उसको साथी...

संविधान कार्यान्वयन र नागरिक दायित्व

संबिधान देशको मूल कानुन हो । कानूनी राज्यको अवधारणा बोकेका हरेक राष्टले संबिधानको निर्माण गरी कार्यान्वयन गरेको हुन्छ । तर राष्ट्र अनुसार यसको अन्तरवस्तु फरक हुन्छन् । विश्वमा लोकतान्त्रिक शासन प्रणालीलाई उत्कृष्ट शासन प्रणालीका रुपमा लिइन्छ । किनभने यस्तो व्यवस्थामा एकातिर जनताका अधिकार सुनिश्चित गरिएको हुन्छ भने अर्कातिर नागरिकलाई कानुनी राज्यको प्रत्याभुति दिएको हुन्छ । नेपालमा संबिधान निर्माणको अभ्यास बि.सं. २००४ सालमा सुरु भए पनि उक्त संबिधान खासै कार्यान्वयन हुन सकेन । यद्यपी त्यस पछिका विभिन्न समयमा संबिधानका विभिन्न स्वरुपका दस्तावेजहरु निर्माण र कार्यान्वयनको अभ्यास हुँदै आयो । नेपालको वर्तमान संबैधानिक विकासका हिसाबले सातौं संबिधान भए पनि जनताका प्रतिनिधिले पारित गरेको पहिलो संविधान हो । संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधान सभाले २०७२ साल असोज ३ गते पारित गरेको यो संबिधान अहिले पनि कार्यान्वयनकै चरणमा छ । नयाँ संविधानले आम नेपाली जनताको जीवनमा नयाँ रक्तसञ्चारको अपेक्षा गरेको छ । उद्यपी संबिधान नै आर्थिक सामाजिक रुमान्तरण अचुक औषधी भने होइन । यसको कार्यान्वयन...

अभिभावकको भूमिका र अपेक्षा

बालबालिकाको भविष्य उनीहरुले प्राप्त गरेको शिक्षाको स्तरमा निर्भर रहन्छ । उनीहरुले जुन स्तरको प्रारम्भिक शिक्षा प्राप्त गरेको हुन्छ, सोही अनुसार विश्वविद्यालय तहमा आफूले चाहेको विषयमा राम्रो दख्खल हासिल गरी इच्छाएको क्षेत्रमा आफूलाई समायोजन गर्न सक्छन् । त्यसैले यसका निम्ति विद्यालय तहको शैक्षिक वातारवण कस्तो हुनुपर्छ, यो एउटा बहसको विषय हो । सबै बालबालिकाको लागि एउटै खालको वातावरणको अपेक्षा गरिएको हुँदैन । बालबालिकाले सिक्ने र सिकाउने कार्यमा विद्यालय र परिवारको भूमिका सबैभन्दा मुख्य हुन्छ । यसमा कस्को कति भूमिका भन्ने कुरामा सीमांकन गर्न त्यति सहज छैन । यद्यपी दुई पक्ष मध्ये कसको भूमिका पूर्ण छ र कसको पूर्ण भएन। यो अत्यन्त विवादित विषय हो । शैक्षिक हिसाबले मध्यम स्तरीय परिवारका अभिभावकहरु विद्यालय र शिक्षकको व्यवहार र विद्यालयको वातावरणलाई सिकाइ स्तर निर्धारणको कारकका रुपमा विश्लेषण गर्छन् भने र बालमनोविज्ञान र सामाजिक वस्तुस्थितिलाई सहि विश्लेषण गर्न नसक्ने शिक्षकहरु अभिभावक र विद्यार्थी अर्थात परिवारलाई सिकाइ स्तर निर्धारणको कारकका रुपमा विश्लेषण गरेर आ आफ्नो दायित्वलाई एक अर्का...

म र मेरो बा

जुन बेला म सानो छँदा मेरो बा जवान हुनुहुन्थ्यो, जवानीका बा जस्तै म कहिले बनुँला भन्ने लागिरहन्थ्यो । मलाई महसुस हुन्थ्योः मेरा बासँग धेरै ज्ञान छ, जानकारी छ, उहाँ धेरै विद्धान हुनुहुन्छ । उहाँमा धेरै खालका काम गर्न सक्ने खुबी छ अनि उहाँ गाउँको एउटा सक्षम मान्छे। उहाँ जत्तिकै सक्षम मान्छे बन्न सकुँला वा सक्दिनँ भन्ने चिन्तन मेरो मनमा आइरहन्थ्यो । बा मा कुनै किसिमको अपूर्णता छ जस्तो पटक्कै लागेन । मैले जीवनलाई बासँग तुलना गर्दै गएँ बा जस्तै बन्ने सपना बोकिरहेँ । तर त्यो सपना कहिले र कसरी पूरा हुन्छ मसँग न कुनै योजना थियो न कुनै उपाय । मलाई सधैं मेरा बा प्रति गर्व छ । किनभने उहाँले मलाई प्रसस्तै अर्ती र उपदेश दिनुभएको छ । धरै अनुभव सुनाउनुभएको छ । मलाई जीवनमा केही गर्न उक्साइ रहनुभएको छ । अरुको आस पूरा गरेस्, तर अर्काको आसमा बाँच्न कहिल्यै नपरोस्, उहाँले दिने गरेको यो आशिर्वाद एउटा सामान्य वाक्य हो तरपनि यसभित्र धेरै सन्दर्भ जोडिएको छ । अरुको आश पुर्याउन सक्नु भनेको जीवनको अचुक उपलब्धी हो । सायद सफल जीवनको एउटा अन्तिम गन्तव्य पनि हो । यही वाक्यमा सारा जीवनको अपेक्षा र उदेश्यहरुको सूची ल...

बालबालिकालाई बस्तीमै सिकाउने एउटा थालनी

Image
कृष्णप्रसाद ढुंगाना केही वर्ष अघि मनमा उकुसमुकुस भएर खेलिरहेको एउटा विषय थियो– विद्यालय समयभन्दा अघिपछि घर परिवारमा आफैं पढ्ने वातावरण बनाउन सकियो भने बच्चाहरुमा पढ्ने आदत निर्माण हुन्थ्यो कि ! तर कसरी ? घरमा अभिभावकलाई यतिबेला यसरी पढ्नुपर्छ भन्ने थाहा नभएपनि आफ्ना बच्चाहरुले राम्रो पढुन् भन्ने चाहना हुन्छ । तर चाहना मात्र भएर हुँदैन परिस्थिति भने फरक हुन्छ । केटाकेटी उमेरमा मान्छे चञ्चल हुन्छन् । जता रमाइलो, उनीहरु उतै हुर्रिन्छन् । उनीहरुले किताब पढ्ने र स्कूलमा सर–मिसले दिएको लेख्नु–पढ्नु भनेको जबर्जस्त लादिएको बोझ ठानेका हुन्छन् । अहिले वयस्क भइसकेकालाई पनि उसबेलाको अवस्था उस्तै हो । एकाध बच्चाहरु भने फरक प्रवृत्तिका नहुने गरेका होइनन् । तर तिनको संख्या ज्यादै न्यून छ, जो पढाइलेखाइ र सिकाइलाई रहरको रुपमा स्वीकार गर्छन् । मलाई लाग्थ्यो बस्तीस्तरमै विद्यार्थीलाई आफैं पढ्ने वातावरण तयार गर्न कसरी सकिएला ? जबकि, यसले विद्यार्थीलाई अनावश्यक कामकुरातर्फ लाग्नबाट रोकोस् र पढाइलाई नै आफ्नो मूल कार्य ठान्ने सोंच विकास होस् । विद्यालयमा पढाउन थालेको लगभग १३ वर्ष भयो । तत्कालीन...

माध्यमिक विद्यालय (कक्षा ९) स्तरीय शैक्षिक भ्रमण प्रतिवेदन २०६९

१. पृष्ठभूमी ः विद्यार्थीको सिकाइलाई बढी उपलब्धिमूलक र प्रभावकारी बनाउन शिक्षण क्रियाकलापका क्रममा बिभिन्न शिक्षण बिधिहरु प्रयोग गरिनु आवश्यक हुन्छ । ती बिधिहरु मध्ये अन्वेषण र अवलोकन बिधि पनि एक प्रभावकारी बिधि हो । कक्षाकोठामा शिक्षकद्वारा भनेका कुराहरु सुनेर वा सैद्धान्तिक कुराहरु कण्ठस्थ पारेर मात्र सिकाइ प्रभावकारी नहुन सक्छ । तसर्थ विद्यार्थीहरुलाई विभिन्न पक्षहरुको बारेमा प्रत्यक्ष अवलोकन र अन्वेषण गराइ त्यसबाट आफैं सिक्ने र देखेर सिक्ने अवसर प्रदान गर्न शैक्षिक भ्रमण उपयुक्त बिधि हो । तर भ्रमणलाई प्रभावकारी बनाउन भ्रमण अवधिमा मात्र नभई त्यसको पूर्व तयारी र विद्यार्थी सहभागिताका सम्बन्धमा विद्यालयको तर्फबाट विशेष ध्यान र व्यवस्थापन गर्नु जरुरी हुन्छ । उचित व्यवस्था बिना भ्रमणलाई उपलब्धीपूर्ण र व्यवहारिक बनाउन सकिँदैन । तैपनि यसै सन्दर्भलाई लिएर यस विद्यालयले माध्यमिक तहको कक्षा ९ मा अध्ययनरत सीमित विद्यार्थीहरुको लागि ५ दिने शैक्षिक भ्रमण कार्यक्रमको आयोजना गरेको थियो । यसबाट सहभागी विद्यार्थीहरुले विभिन्न प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षका बारेमा प्रत्यक्ष साक्...

विद्यालय विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण कार्ययोजना

Image
पृष्ठभूमी ः विभिन्न किसिमका प्राकृतिक प्रकोप र दुर्घटनाजन्य घटनाका कारण सिर्जना हुने मानवीय संकटलाई बिपद् भनेर बुझिन्छ । कतिपय समयमा विभिन्न खालका प्राकतिक प्रकोपहरु आउँदा त्यसको पूर्व तयारी तथा प्रकोपपछि उत्पन्न हुने समस्याको बारेमा ख्याल नगरिँदा अकल्पनीय परिस्थिति सिर्जना हुने र त्यसबाट मानवीय जीवनमा झनै अप्ठेरो स्थिति सिर्जना हुने गर्दछ । बाढी, पहिरो, भूकम्प, आगलागी आदि जस्ता प्रकोपहरु जुन पूर्वानुमान गर्न सकिँदैन । यस्ता प्रकोपको समयमा र प्रकोपपछि आउनसक्ने परिस्थितिलाई उचित व्यवस्थापन गर्न पूर्वतयारी तथा आधारभूत सीपहरुको विकास सबैमा हुनु आवश्यक छ । विद्यालय बालबालिकाहरुको जमघट हुने क्षेत्र हो । यस्तो क्षेत्रमा बिपद् व्यवस्थापन र जोखिम न्यूनीकरण एउटा प्रमुख विषय हो किनकी शारीरिक र मानसिक रुपमा सबल भइ नसकेका बालबालिकालाई सीमित संख्यामा रहेका शिक्षकको निगरानीमा राखिने र प्राकृतिक प्रकोपको अवस्थामा उनीहरुलाई सुरक्षित र भयरहित राख्न बिपद् व्यवस्थापन सम्बन्धी सीपहरु शिक्षक तथा विद्यार्थीहरुमा हुनु अत्यावश्यक छ । सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. २ (साविकको तालामाराञ गा....

विद्यालय घरदैलो प्रतिवेदन २०७१

विद्यालयले बिगत चार वर्षदेखि गर्दै आएको घरदैलो अभियानको निरन्तरतासँगै यस वर्ष पजि जेठ १५, १६ र १७ मा यो कार्यक्रम सञ्चालन गरेको छ । बिगतका वर्षमा शैक्षिक सत्रको सुरुवातमा विद्यार्थी भर्ना सँगै यो कार्यक्रम हुने गरेको थियो भने यस वर्ष भर्ना अभियान सम्पन्न भइसकेपछि र विद्यालयको नयाँ तथ्याँक समेत तयारी भइसकेपछि सोही तथ्याँकका आधारमा सम्बन्धित विद्यार्थीको घर परिवारमा उनीहरुको सामाजिक, आर्थिक र पारिवारिक वस्तुस्थितिको अवलोकन गर्ने र अभिभावकसँग आवश्यक परामर्श गर्ने उद्देश्यले सम्पन्न भएको छ ।  उपलब्ध सबै शिक्षकहरुको ६ वटा समूह निर्माण भई ६ वटा अलग अलग क्षेत्रमा अभियानको जिम्मेवारी प्रदान गरिए अनुसार हाम्रो समुहले तालमाराञ गा.वि.स.को वडा नं. ३ र ४ तथा वडा नं. १ को माथिल्लो भागको जिम्मेवारी पाएको थियो । वडा नंं ४ मा जम्मा ८ जना वडा नंं ३ मा ८ जना र वडा नं. १ का २३ जना विद्यार्थीहरुको परिवारमा पुगी प्रत्यक्ष परामर्श गरिएको थियो ।  प्राप्ति ः  विद्यार्थी तथा अभिभावकसँग प्रत्यक्ष रुपमा परामर्श गर्ने क्रममा उनीहरुका परिवारसँग उसको घरायसी व्यवहार पढाइको स्वभाव विद्यार्थ...

विद्यार्थीलाई कार्ययोजना निर्माण गर्ने कार्यको अभ्यास गराउने नमूना

भाद्र २९ बालदिवसको अवसरमा विद्यालयमा सञ्चालन गरिने कार्यक्रम सम्बन्धमा तयार गरिएको कार्ययोजना पृष्ठभूमी ः संयुक्त राष्ट्रसंघ बालअधिकार सम्बन्धी महासन्धि १०८९ २० नोभेम्बरलाई सन् १९९० सेप्टेम्बर १४ अर्थात भाद्र २९ मा नेपाल पक्षले अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा आत्मसाथ गरी सोही दिनलाई राष्ट्रिय बालदिवसको रुपमा मनाउने निर्णय गरिएको हो । २९ भाद्रलाई २०६३ देखि राष्ट्रिय बालदिवसको रुपमा मनाउने कार्यको थालनी भएको छ । बालदिवस कस्तो हुनुपर्दछ वा बालदिवस कसरी मनाउनुपर्दछ त यो आम रुपमा उठिरहेको बिषय हो । तर पनि हामीले बालदिवसलाई बढीजसो औपचारिकतामा मात्रै सीमित गरिरहेका छौं कि खासगरी बालबालिकाको निम्ति चाहिने आधारभूत हकअधिकार वा उनीहरुको संरक्षणको सवालमो कति उपल्ऽब्धी हासिल भयो वा भएन । त्यस्ता पक्षले पनि राष्ट्रिय बालदिवसको सार्थकतालाई मापन गर्न सकिन्छ । बालदिवस आफैमा एउटा महत्वपूर्ण दिवस हो । देशब्यापी रुपमा मनाइने बालदिवसको सन्दर्भमा हाम्रो विद्यालयमा पनि सञ्चालन गर्ने गर्ने कार्यक्रमको जिम्मेवारी मलाई दिइएकोमा त्यसलाई सम्पन्न गर्ने कार्ययोजना तयार गरिएको छ । कार्यक्र...

१४ अञ्चल ७५ जिल्ला झल्काउने गीत

मेची ताप्लेजुङ, पाँचथर जिल्लामा इलाम झर्यो झापाको किल्लामा चिया सस्तो छ पुगेर फर्कनु मेची कस्तो छ ? कोसी संखुवासभा, भोजपुर, तेह्रथुम धनकुटामा विकास छ उधुम मोरङ, सुनसरी कोसीको तीरमा पुगौँ कसरी ? सगरमाथा सोलुुखुम्बु, खोटाङ, उदयपुर ओखलढुङ्गा जाने छ अझै सुर सगरमाथा गेट सप्तरी काटेर सिरहामा भेट । जनकपुर महोत्तरी, दोलखा, रामेछाप जनकपुरमा सीताको ठूलो छाप धनुषाको दाइ सिन्धुली पुगेर झरौं सर्लाही । नारायणी मकवानपुर, वारा र पर्सा चितवनमा गैँडा छन् सर्वत्र नारायणी पुल रौताहट पुगेर परेँ रनभुल । वागमती सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर नुवाकोट, काभ्रे र ललितपुर वागमतीको तीर रसुवा, धादिङ जान लाग्छ पिर । गण्डकी लमजुङ आउनु मनाङे नानी गोरखा तनहुँ जाने कि नजाने अञ्चल गण्डकी कास्की र स्याङजामा बित्यो जिन्दगी । लुम्बिनी गुल्मी, नवलपरासी, पाल्पा छेऊ अर्धाखाँची, रुपन्देही जान देऊ कपिलवस्तु गाउँ लुम्बिनी अञ्चल बुद्ध खेल्ने ठाउँ । धवलागिरी धवलागिरी हिउँ पर्यो सेतै म्याग्दी जानु कि जानु पर्वतै वाग्लुङ कस्तो छ ? मुस्ताङको रातो स्याउ साह्रै सस्तो छ । रापती रुक...

१४ अञ्चल ७५ जिल्ला याद गर्ने शुत्रहरु

मेचि ः झाइ पाता कोशी ः सुभोध सं मोते सगरमाथा ः उसो सिओ खोस जनकपुर ः रामससि धदो बाग्मति ः सिनु १ भल्ऽधार काका नारायणी ः बा, म परौचि गण्डकी ः स्यालका गोतम धवलागिरी ः बामु, म्याप लुम्बिनी ः पारु, गु अर्घाकन ? राप्ती ः दारु प्यु सरो भेरी ः सुबा बर्दिया जादै कर्णाली ः हुमुजु डोका सेति ः बा, अछाम कै डोब महाकाली ः बैदा कड -Krishna Dhungana

एसएलसी परीक्षामा सामाजिक विषयमा बढी अंक ल्याउन कसरी सकिएला ?

सामाजिक विषय अन्य विषयभन्दा बढी सिर्जनात्मक र समसामयिक विषयवस्तु भएको विषय भएकोले परीक्षामा कसरी बढी अंक ल्याउने भन्नेमा विद्यार्थीहरु चिन्तित भइरहेका हुन्छन् । अर्थपूर्ण तरिकाले निर्धारित समयमा उत्तर लेख्ने कार्यले राम्रो अंक ल्याउन सकिन्छ । यसका लागि साबधानी पूर्वका आफुले जानेको भन्दा प्रश्नले अपेक्षा गरे अनुसारको उत्तर लेख्ने कुराका विद्यार्थीले साबधानी अपनाउनु पर्दछ । यसका लागि केही तरिका निम्न अनुसार उल्लेख गरिएको छ । पूर्वजानकारी हुनुपर्ने कुराहरुः ड्ड बिशिष्टिकरण तालिका ड्ड अंकभार ड्ड समयको विभाजन समूह क ड्ड यस समूहमा प्रश्न नं. १ देखि ८ सम्म आठवटा अति छोटो उत्तर आउने प्रश्नहरु सोधिएका हुन्छन् । ड्ड उत्तर छोटो तर पूरा एक वाक्यमा दिनुपर्दछ । ड्ड चित्र बनाउनु पर्ने भए सिसाकलामले सफासँग बनाउनुपर्दछ । ड्ड वाक्यको संरचना सही र शुद्ध गरी लेख्नुपर्दछ । ड्ड उत्तरको आशय प्रश्नले अपेक्षा गरे अनुसारको हुनुपर्दछ । ड्ड यस किसिमको प्रश्नको लागि प्रतिप्रश्न २ मिनेटको समय निर्धारण गर्नुपर्दछ । समूह ख ड्ड यस समूहमा प्रश्न नं. ९ देखि २२ सम्म १४ वटा संक्षिप्त उत्तर आउने प...

कार्यमूलक अनुसन्धान प्रतिवेदन

कृष्ण ढुंगाना,                  . पारिवारिक कारणले विद्यालय छाड्ने निर्णयमा पुगेको विद्यार्थीलाई विद्यालयमा नियमित गराउन गरिएको एक कार्यमूलक अनुसन्धान प्रतिवेदन :                                  . अनुसन्धानको पृष्ठभूमिः  विद्यार्थीले विद्यालय छाड्नुको दोष स्वयं विद्यार्थीलाई नै दिएर अन्य पक्षप्रति चासो नदिने प्रवृत्ति प्रसस्तै छ । उनीहरु विभिन्न पारिवारिक, सामाजिक आदि कारणले विद्यालय छाड्न पुग्छन् भन्ने तर्फ कमैको मात्र ध्यान पुगेको देखिन्छ । आफ्नो विद्यालयमा पनि यसरी बिचमै विद्यालय छाड्ने विद्यार्थीहरुको संख्याउल्ल्ेख्य रहेकोले यसै विषयमा कार्यमूलक अनुसन्धान गर्ने सोच बढ्यो ।  विद्यालयले विगतका वर्षहरुमा झैं विद्यालयले आयोजना गरेको घरदैलो अभियानका क्रममा म आफ्ना एकजना सहकर्मी शिक्षकका साथ विद्यार्थीहरुको पारिवारिक, आर्थिक र शैक्षिक अवस्थाका बारेमा बुझ्न उनीहरुको घरघरमा गएको थिएँ । घरदैलो अभियानका क्रममा हामीले जिम्मेवारी पाएक...