प्रतिवेदन लेखनको अभ्यास


विद्यार्थीलाई प्रतिवेदन लेखनको अभ्यास गराउन तयार गरिएको 

नमूना १ 

मानव बेचबिखन नियन्त्रणमा भएका कानुनी व्यवस्थाका बारमा नजिकको सुरक्षा निकायमा गइ छलफल गरी कक्षामा प्रतिवेदन प्रस्तुत गर्नुहोस् ।


मानव बेचबिखन नियन्त्रणमा भएका कानुनी व्यवस्थाका बारेमा प्रहरी चौकी तालामाराञमा भएको छलफलका आधारमा तयार पारिएको प्रतिवेदन

पृष्ठभूमि ः

हामी कक्षाा ८ मा अध्ययनरत सबै विद्यार्थीहरु विषय शिक्षकको समन्वयमा प्रहरी चौकी तालामाराञमा मानव बेचबिखन नियन्त्रणमा भएका कानुनी व्यवस्था सम्बन्धी विषयमा छलफल गर्न गएका थियौं । छलफलमा हामी विद्यार्थी, सामाजिक शिक्षक सहित प्रहरी चौकीका असइ, हवल्दार र केही प्रहरी जवानहरु हुनुहुनथ्यो । सोही छफलफलका आधारमा यो प्रतिवेदन तयार पारिएको हो । 

उद्देश्य ः 

यस छलफल कार्यक्रमको उद्देश्य निम्नानुसार निर्धारण गरिएको थियो ः 

क) मानव बेचबिखन नियन्त्रण सम्बन्धी भएका कानुनी व्यवस्थाको बारेमा जानकारी प्राप्त गर्नु  

ख) भएका कानुनको कार्यान्वयनको स्थितिबारे थाहा पाउनु 

ग) मानव बेचबिखन नियन्त्रणमा रहेका चुनौतीहरु थाहा पाउनु 

छलफलबाट प्राप्त कुराहरु ः 

कुनै उद्देश्यले मानिस किनबेच गर्ने, श्रम शोषण गर्ने, वेश्याबृत्तिमा लगाउने र कानुनि प्रबधान बिपरित मानिसको अंग झिक्ने काम मानव बेचबिखन हो भनी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनले परिभाषा गरेको छ । नेपालमा बि.संं २०६४ मा सो ऐन बनेर अहिले कार्यान्वयनमा छ । चेलिबेटी बेचबिखन, बालबालिका बेचबिखन, मानव अंग बेचबिखन लगायत कुनै स्वार्थ पूरा गर्न मानिसलाई शारीर र मानसिक रुपमा कुनै फान्दामा पारेर आर्थिक लेनदेनको कार्य गर्नु मानब बेचबिखनका गतिबिधि हुन् । मानव बेचबिखन कानुनी अपराध भएकोले त्यस्ता कार्य प्रचलित कानुन बमोजीम दण्डनीय हुन्छन् । मानब बेचबिखनमा संलग्न व्यक्तिलाई जुनसुकै बेला प्रहरीले पक्राउन गर्न र कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउन सक्छ । बेचबिखनमा संलग्न व्यक्ति र उसलाई सहयोग गर्ने व्यक्तिले समेत कारबाही भोग्नुपर्ने कानुनी व्यवस्था छ । पिडकलाई कारबाहीसँगै पिडितलाई उचित क्षतिपूर्तिको समेत व्यवस्था रहेको छ । हाम्रो समाजमा कहीँ कतै यस्ता बेचबिखनका घटनाहरु हुँदैछन् वा भएका छन् भने तत्काल सुरक्षा निकायमा जानकारी गराउनु पर्दछ । यस्ता कार्य रोकथाम र नियन्त्रणका लागि विभिन्न सामाजिक संघसंस्थाहरुपनि खुलेका छन् । मानब अधिकारको अन्तराष्ट्रिय घोषणा पत्रमा समेत यस्तो कार्य मानव अधिकार बिरुद्धको गतिबिधि हो तसर्थ संयुक्त राष्ट्रसंघमा आवद्ध हरेक राष्ट्रले यस विरुद्ध कानुन निर्माण गरी कार्यान्वयन गर्नुपर्दछ । 

निश्कर्ष र सुझाव ः 

मानव बेचबिखन जघन्य अपराध हो । मानब बेचबिखन बिरुद्ध हरेक नागरिक सचेत हुनु आवश्यक छ । यस विरुद्धका कानुन अझ कडा बनाइनु पर्दछ । भएको कानुनको पूर्ण कार्यान्वयन पनि आवश्यक छ । कानुनले अपराध मानेका कुनै पनि विषयलाई कुनै पक्षले संरक्षण दिनु हुँदैन । सरकार, राजनैतिक दल, बौद्धिक व्यक्तित्व, सामाजिक कार्यकर्ताहरु मानव बेचबिखन नियन्त्रणको अभियानमा सक्रिय हुनु आवश्यक छ । 

समाप्त

(लामो उत्तर आउने प्रश्न भएमा केही बिस्तृत रुपमा लेख्नुपर्ने हुन्छ ।) 


Comments

Popular posts from this blog

माध्यमिक विद्यालय (कक्षा ९) स्तरीय शैक्षिक भ्रमण प्रतिवेदन २०६९

कार्यमूलक अनुसन्धान प्रतिवेदन

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको कार्यमूलक अनुसन्धान प्रतिवेदन