भाद्र २९ बालदिवसको अवसरमा विद्यालयमा सञ्चालन गरिने कार्यक्रम सम्बन्धमा तयार गरिएको
कार्ययोजना
पृष्ठभूमी ः
संयुक्त राष्ट्रसंघ बालअधिकार सम्बन्धी महासन्धि १०८९ २० नोभेम्बरलाई सन् १९९० सेप्टेम्बर १४ अर्थात भाद्र २९ मा नेपाल पक्षले अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा आत्मसाथ गरी सोही दिनलाई राष्ट्रिय बालदिवसको रुपमा मनाउने निर्णय गरिएको हो । २९ भाद्रलाई २०६३ देखि राष्ट्रिय बालदिवसको रुपमा मनाउने कार्यको थालनी भएको छ ।
बालदिवस कस्तो हुनुपर्दछ वा बालदिवस कसरी मनाउनुपर्दछ त यो आम रुपमा उठिरहेको बिषय हो । तर पनि हामीले बालदिवसलाई बढीजसो औपचारिकतामा मात्रै सीमित गरिरहेका छौं कि खासगरी बालबालिकाको निम्ति चाहिने आधारभूत हकअधिकार वा उनीहरुको संरक्षणको सवालमो कति उपल्ऽब्धी हासिल भयो वा भएन । त्यस्ता पक्षले पनि राष्ट्रिय बालदिवसको सार्थकतालाई मापन गर्न सकिन्छ । बालदिवस आफैमा एउटा महत्वपूर्ण दिवस हो । देशब्यापी रुपमा मनाइने बालदिवसको सन्दर्भमा हाम्रो विद्यालयमा पनि सञ्चालन गर्ने गर्ने कार्यक्रमको जिम्मेवारी मलाई दिइएकोमा त्यसलाई सम्पन्न गर्ने कार्ययोजना तयार गरिएको छ ।
कार्यक्रमको ढाँचा ः
भाद्र २९ गते एक दिनभरको लागि कार्यक्रम तय गरिएको छ । उक्त दिन मुख्य गरि विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बीच बालअधिकार र कर्तव्य विषयक वक्तृत्वकला प्रतियोगिता, वर्षभरी गरिएका क्रियाकलापका आधारमा उत्कृष्ट विद्यार्थीहरुका लागि पुरस्कृत गर्ने र समुदायमा बालबालिकाको अवस्था विषयमा गाउँ बाल संरक्षण समिति, गाउँविकास समितिका प्रतिनिति, बालबालिकाको क्षेत्रमा काम गरिहेका स्थानीय संघसंस्थाका प्रतिनिधीहरुको सहभागीतामा अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरिने छ ।
कार्यक्रमको अपेक्षित उपलब्धीः
बालदिवसको अवसरमा द्यिालयमा सञ्चालित एक दिने उल्लेखित कार्यक्रमका अपेक्षित उपलब्धी निम्न अनुसार तय गरिएको छ ।
क) विद्यार्थीमा सिर्जनात्मक र रचनात्मक क्षमताको विकासमा प्रोत्साहन बृद्धि हुन्छ ।
ख) बालबालिकाको वर्तमान स्थिति र उनीहरुले भोग्नुपरेका समसयाको बारेमा बिस्तृत जानकारी,
ग) बालबालिकाको शैक्षिक, स्वास्थ्य तथा अन्य बिबिध पक्षको विकासमा स्थानीय सरोकारवालाहरुमा चासो बृछि ।
कार्यक्रममा सञ्चालन गरिने क्रियाकलाप ः
कार्यक्रम बिहान १०ः०० बजे आरम्भ हुनेछ । कार्यक्रमको पूर्व तयार विद्यालयमा गठित बाल क्लब मार्फत अगाडी नै विभिन्न कार्यविभाजन सहित परिचालित गरिनेछन् । कार्यक्रम पूर्ण रुपले औपचारिक रुपमा हुनेछ । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक शिक्षिका, विद्यार्थी कार्यक्रम व्यवस्थित रुपमा सम्पन्न गर्ने जिम्मेवारी पक्ष हुनेछन् र सोही अनुसार आफ्नो ठाउँबाट जिम्मेवार बनाइने छ । दिनभरको कार्यसूची प्रधानाध्यापक र वि.व्य.स. अध्यक्षको सहयोगमा तयार गरिनेछ । प्रमुख अतिथीको रुपमा जिल्ला बालकल्याण समितिका अध्यक्ष हुनुहुनेछ । भने विद्यालयमा गठित बाल क्लबका अध्यक्षको अध्यक्षतामा कार्यक्रम सञ्चालन हुनेछ ।
कार्यसूचीअनुसार वक्तृत्वकला प्रतियोगिता सुरुमा सञ्चालन हुनेछ । निर्णायक मण्डल मार्फत नतिजा प्राप्ती पछि उनीहरुलाई प्रमुख अतिथी मार्फत पुरस्कार वितरण गरिनेछ । दाश्रो चरणमा विभिन्न क्षेत्रमा विद्यालयका वर्षभरीका क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्ने कार्यक्रम राखिनेछ भने तेस्रो अर्थात अन्तिम चरणमा समुदायमा बालबालिकाको अवस्था विषयमा गाउँ बाल संरक्षण समिति, गाउँविकास समितिका प्रतिनिति, बालबालिकाको क्षेत्रमा काम गरिहेका स्थानीय संघसंस्थाका प्रतिनिधीहरुको सहभागीतामा अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरिने छ । अन्तक्र्रियामा उठेका सवालहरुलाई एकिकृत गरी बालबालिकाको क्षेत्रमा स्थानीय स्तरमा गर्न आवश्यक कार्यहरु सम्बन्धमा एउटा सामुहिक प्रतिवद्धता जारी गर्दै कार्यक्रम सम्पन्न गरिनेछ ।
निश्कर्ष ः
बालदिवसका अवसरमा गरिने कार्यक्रम बालबालिका केन्द्रित हुनुपर्दछ । बालबालिकामा गरिएको लगानी राष्ट्रको भविष्यका लागि गरिने लगानी हो । यसैले उनीहरुको क्षेत्रमा भएगरिएका कामलाई अझै प्रभावकारी बनाउनु आजको आवश्यकता हो । यसै कुरालाई ध्यानमा राखि उक्त कार्यक्रम सञ्चालन हुनेछ । साथसाथै बाल अधिकार र कर्तव्य दुवै एक अर्कामा सम्बन्धीत छन् । अधिकारसँगै कर्तव्यको पनि ख्याल गर्नुपर्दछ भन्ने सन्देश कार्यक्रमले दिनेछ ।
समाप्त

0 comments :
Post a Comment
Thank you for your creative comment.