एसएलसी परीक्षामा सामाजिक विषयमा बढी अंक ल्याउन कसरी सकिएला ?

सामाजिक विषय अन्य विषयभन्दा बढी सिर्जनात्मक र समसामयिक विषयवस्तु भएको विषय भएकोले परीक्षामा कसरी बढी अंक ल्याउने भन्नेमा विद्यार्थीहरु चिन्तित भइरहेका हुन्छन् । अर्थपूर्ण तरिकाले निर्धारित समयमा उत्तर लेख्ने कार्यले राम्रो अंक ल्याउन सकिन्छ । यसका लागि साबधानी पूर्वका आफुले जानेको भन्दा प्रश्नले अपेक्षा गरे अनुसारको उत्तर लेख्ने कुराका विद्यार्थीले साबधानी अपनाउनु पर्दछ । यसका लागि केही तरिका निम्न अनुसार उल्लेख गरिएको छ ।

पूर्वजानकारी हुनुपर्ने कुराहरुः
ड्ड बिशिष्टिकरण तालिका
ड्ड अंकभार
ड्ड समयको विभाजन
समूह क
ड्ड यस समूहमा प्रश्न नं. १ देखि ८ सम्म आठवटा अति छोटो उत्तर आउने प्रश्नहरु सोधिएका हुन्छन् ।
ड्ड उत्तर छोटो तर पूरा एक वाक्यमा दिनुपर्दछ ।
ड्ड चित्र बनाउनु पर्ने भए सिसाकलामले सफासँग बनाउनुपर्दछ ।
ड्ड वाक्यको संरचना सही र शुद्ध गरी लेख्नुपर्दछ ।
ड्ड उत्तरको आशय प्रश्नले अपेक्षा गरे अनुसारको हुनुपर्दछ ।
ड्ड यस किसिमको प्रश्नको लागि प्रतिप्रश्न २ मिनेटको समय निर्धारण गर्नुपर्दछ ।

समूह ख
ड्ड यस समूहमा प्रश्न नं. ९ देखि २२ सम्म १४ वटा संक्षिप्त उत्तर आउने प्रश्नहरु सोधिएका हुन्छन् ।
ड्ड वास्तविक र सिर्जनात्मक खालको उत्तर बनाउनुपर्दछ ।
ड्ड सामान्य पृष्ठभूमी सहित प्रश्नमा भने अनुसार वा सामान्यतया कम्तिमा ४ वटा बुँदाहरु समेट्नु पर्दछ ।
ड्ड सफासँग आवश्यकता अनुसार शीर्षक सहित सिसाकलमले स्तम्भ, वृत्तचित्र वा समयरेखा बनाउनुपर्दछ ।
ड्ड प्रश्नको प्रकृति अनुसार समाचार, सम्पादकीय, पत्र ( औपचारिक र अनौपचारिक) संवाद, कथा, वक्तृत्व र कार्यक्रमको ढाँचा, योजना जस्ता कुराहरुको उपयुक्त ढाँचा सहित त्यसभित्र सम्बन्धीत विषयवस्तुलाई प्रस्तुत गर्नुपर्दछ ।
ड्ड प्रतिप्रश्नको लागि करिब ८ मिनेटको समय निर्धारण गर्नुपर्दछ ।

समूह ग
ड्ड यस समूहमा प्रश्न नं. २३ देखि २६ सम्म ४ वटा लामो उत्तर आउने प्रश्नहरु हल गर्नुपर्ने हुन्छ ।
ड्ड एउटै प्रश्नमा बैकल्पिक प्रश्न दिइएकोमा ती मध्ये एउटाको मात्र उत्तर दिनुपर्दछ ।
ड्ड प्रश्नहरु नक्सा कार्य, प्रतिवेदन लेखन तथा सिर्जनात्मक उत्तर लख्ने खालको हुन्छन् ।
ड्ड यस्ता प्रश्नहरुको सकेसम्म सिर्जनात्मक, ज्ञान तथा बोध, समालोचनात्मक तरिकाले उत्तर दिनु पर्दछ ।
ड्ड नेपाल वा अफ्रिका, उतर र दक्षिण अमेरिका मध्ये कुनै को नक्सा भर्ने कार्यलाई राम्रो अभ्यास गरी सिसाकलमले उपयुक्त संकेत सहित सफासँग गर्नुपर्दछ ।
ड्ड निश्चित ढाँचाको प्रयोग गरी प्रतिवेदन लेख्नु पर्दछ ।
ड्ड प्रतिप्रश्नको लागि करिब १६ मिनेटको समय निर्धारण गर्नुपर्दछ ।



Share on Google Plus

About krishna Dhungana

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments :

Post a Comment

Thank you for your creative comment.