Posts

Showing posts from 2014

कार्यमूलक अनुसन्धान प्रतिवेदन

कृष्ण ढुंगाना,                  . पारिवारिक कारणले विद्यालय छाड्ने निर्णयमा पुगेको विद्यार्थीलाई विद्यालयमा नियमित गराउन गरिएको एक कार्यमूलक अनुसन्धान प्रतिवेदन :                                  . अनुसन्धानको पृष्ठभूमिः  विद्यार्थीले विद्यालय छाड्नुको दोष स्वयं विद्यार्थीलाई नै दिएर अन्य पक्षप्रति चासो नदिने प्रवृत्ति प्रसस्तै छ । उनीहरु विभिन्न पारिवारिक, सामाजिक आदि कारणले विद्यालय छाड्न पुग्छन् भन्ने तर्फ कमैको मात्र ध्यान पुगेको देखिन्छ । आफ्नो विद्यालयमा पनि यसरी बिचमै विद्यालय छाड्ने विद्यार्थीहरुको संख्याउल्ल्ेख्य रहेकोले यसै विषयमा कार्यमूलक अनुसन्धान गर्ने सोच बढ्यो ।  विद्यालयले विगतका वर्षहरुमा झैं विद्यालयले आयोजना गरेको घरदैलो अभियानका क्रममा म आफ्ना एकजना सहकर्मी शिक्षकका साथ विद्यार्थीहरुको पारिवारिक, आर्थिक र शैक्षिक अवस्थाका बारेमा बुझ्न उनीहरुको घरघरमा गएको थिएँ । घरदैलो अभियानका क्रममा हामीले जिम्मेवारी पाएक...

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको कार्यमूलक अनुसन्धान प्रतिवेदन

Image
कृष्णप्रसाद ढुंगाना: ----- अनुसन्धानको पृष्ठभूमि ः विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन्, घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति सक्रिय बनाउन सकिएको छ भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहा पाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें । समस्याको पहिचान मैले पढाउने विद्यालयको कक्षा ७ को...