विद्यालयले बिगत चार वर्षदेखि गर्दै आएको घरदैलो अभियानको निरन्तरतासँगै यस वर्ष पजि जेठ १५, १६ र १७ मा यो कार्यक्रम सञ्चालन गरेको छ । बिगतका वर्षमा शैक्षिक सत्रको सुरुवातमा विद्यार्थी भर्ना सँगै यो कार्यक्रम हुने गरेको थियो भने यस वर्ष भर्ना अभियान सम्पन्न भइसकेपछि र विद्यालयको नयाँ तथ्याँक समेत तयारी भइसकेपछि सोही तथ्याँकका आधारमा सम्बन्धित विद्यार्थीको घर परिवारमा उनीहरुको सामाजिक, आर्थिक र पारिवारिक वस्तुस्थितिको अवलोकन गर्ने र अभिभावकसँग आवश्यक परामर्श गर्ने उद्देश्यले सम्पन्न भएको छ ।
उपलब्ध सबै शिक्षकहरुको ६ वटा समूह निर्माण भई ६ वटा अलग अलग क्षेत्रमा अभियानको जिम्मेवारी प्रदान गरिए अनुसार हाम्रो समुहले तालमाराञ गा.वि.स.को वडा नं. ३ र ४ तथा वडा नं. १ को माथिल्लो भागको जिम्मेवारी पाएको थियो । वडा नंं ४ मा जम्मा ८ जना वडा नंं ३ मा ८ जना र वडा नं. १ का २३ जना विद्यार्थीहरुको परिवारमा पुगी प्रत्यक्ष परामर्श गरिएको थियो ।
प्राप्ति ः
विद्यार्थी तथा अभिभावकसँग प्रत्यक्ष रुपमा परामर्श गर्ने क्रममा उनीहरुका परिवारसँग उसको घरायसी व्यवहार पढाइको स्वभाव विद्यार्थीका लागि आपरेका समस्या उनीहरुले सुधार गर्नुपर्ने पक्षहरु आदिका बारेमा अभिभावसँग परामर्श गरिएको थियो । अध्ययनका क्रममा देखिएका सन्दर्भहरु यसप्रकार रहेका छन् ।
क) भौगोलिक रुपमा टाढा पर्ने भएकोले उनीहरु नियमित विद्यालय आउन समस्या हुने गरेको ।
ख) केही विद्यार्थी कोठा लिएर विद्यालय नजिक बस्ने गरेको भए पनि उनीहरुको बारेमा नियमित रेखदेख हुन नपाउँदा अनावश्यक स्वतन्त्र हुने गरेका
ग) कक्षा १० मा पढ्ने विद्यार्थी समेत वडा मध्ये अधिकांश घरबाट नै विद्यालय धाउन बाध्य भएको देखियो ।
घ) कतिपय विद्यार्थी कोठा गरेर विद्यालय नजिकै बसेको भए तापनि उनीहरु पढाइ भन्दा अन्य क्रियाकलाप तर्फ लाग्ने गरेकोले कतिपय अभिभावक कोठा व्यवस्था गरी राख्न समेत तयार नरहेको ।
ञ) विशेषगरी छात्राहरुका लागि कोठा पाउन र पाए पनि उनीहरुको लागि सुरक्षित र भरपर्दो नहुने गरेको गुनासो अभिभावकको रहेको ।
च) विद्यालयले पढाइका लागि विद्यालय समयमा गरेको प्रयत्न उल्ल्ेख्य रहेको तर अभिभावक र विद्यार्थीको सहकार्य कमी भएको कुरामा अभिभावक र विद्यार्थीको समत स्वीकारोक्ति ।
छ) बिहान बेलुका विद्यालयले नै व्यवस्थापन गरेर अतिरिक्त कक्षा पढाउने व्यवस्था गर्न अभिभावक र विद्यार्थीको सुझाव ।
ज) कतिपय विद्यार्थीको पारिवारिक, आर्थिक अवस्थाका कारण पढाइ लाई निरन्तरता दिन समस्या रहेको ।
झ) कतिपय अभिभावकले विद्यार्थीको चाहनालाई बुझी सोही अनुसारको व्यवहार गर्न नसकेको अवस्था रहेको ।
घरदैलोमार्फत प्राप्त भएका उल्लेखनीय अवस्था र परिस्थितिहरुको विश्लेषण ः
परिस्थिति नं. १.
विगतका वर्षहरुमा झैं विद्यालयले आयोजना गरेको घरदैलो अभियानका क्रममा हाम्रो समूह यस वर्ष कक्षा ९ मा विद्यालयमा भर्ना हुन आएकी नेमो सान्मो लामा को घरमा जब हामी पुग्यौं त्यस अघि नै उनको साथी मार्फत हामीलाई थाहा भइसकेको थियो कि उनी पढाइ छाड्ने चरमा पुगिसकेको र ३ दिनदेखि विद्यालय गएकी पनि थिइनन् । हामी पुग्दा उनको घरमा उनी मात्र थिइन् । भैंसीलाई घाँस पानी दिएर दलानमा कपाल कोर्दे बसेको अवस्थामा हामी पुग्यौ । हामीलाई देखेपछि उनी केही लज्जीत हुँदै तल आइन् । हामीले उनलाई बस्न र लाज नमानीकन बोल्न सहजीकरण गर्यौं । हामीले उनलाई सोध्यौं स्कुल नगएको ३ दिन भएछ नि किन, के समस्या पर्यो घरमा ? उनले मलिन स्वर बनाएर ममी बिरामी हुनुहुन्थ्यो घरमा भैसीलाई घाँसपानी गर्ने कोही थिएन त्यसैले नगएको उनले बताइन् । पल्लोघरबाट उनको हजुरआमा आउनुभयो अनि हामीले हजुरआमासँग उनको र परिवारको बिबिध कुराहरु सोधीखोजी गर्यौं ।
मैले आफु र निज नेमो सान्मोको बुबा सुन लामा सँगसँगै मानेभञ्ज्याञ स्कूलमा कक्षा ५ सम्म पढेको कुरा बताएपछि उहाँले धेरै कुराहरु खुलेर गर्नु भयो सायद आफ्नै छोरो जस्तै ठानेर होला ।
अवस्था बुझदा केही समय अगाडीदेखि नेमो को बुबा सुनलामाको केही मानसिक समस्या सुरुभएको रहेछ । सोको उपचार गर्ने विषयमा कुरा हुँदा हुँदै २ महिना अगाडी उनले विष सेवन गरी आत्महत्या गरे । घरमा उनकी आमा, एउटा दाजु जो काडमाडौंमा बस्छन् र एउटा कक्षा ३ मा पढ्ने भाइ गरी ४ जना छन् । आमाको नेतृत्वमा घर चलाउने बाध्यताको सुरुवात भयो बिगत २ महिनादेखि । अमालाई ग्याँस्टिकले निकै चापेको हुँदा बिरामी भइरहने समस्या । अब घरमा केही काम गर्न सक्ने केबल नेमो मात्र । उनको हजुरआमाबाट यो थाहा भयो कि विद्यालय नगएको ३ दिनको पहिलो दिन उनलाई स्कूल जाऊ भनेर उनको आमा र हजुर आमाले भन्दा लामो समय आँगनको छेउमा उभिएर रोएर बसेको कुरा थाहा भयो । अगाडी दिनहरुमा पनि उनको यस्तै व्यवहार हुने गरेको तथ्य पनि हामीले थाहा पायौं । हाम्रो ध्यान अब त्यही विषयमा खोजिनीति गर्ने तर्फ गयो । हामीले उनलाई सोध्यौं ः तिमीलाई स्कूल जाने, पढ्ने विषयमा के भएको छ, तिम्रो समस्या के हो ? उनले आफ्ना सबै कुरा राख्दै गइन् । उनले भनिन् ः मलाई स्कुल जान इच्छा त छ तर घरमा बुबा पनि नभएको, आमा सधैं विरामी भइरहने त्यसले गर्दा आफूलाई मन थाम्न गाह्रो हुन्छ । आफ्नो व्यथा र बुबाको यादले होला ममी बेलुका सधैं रोएको देख्छु अनि मेरो मन कस्तो कस्तो हुन्छ । बुबाको त माया पाइएन नै आमाको पनि नपाउने हो की भन्ने कुरा मनले सोच्छ । खेतीपाती भैंसी बाख्रा कसले हेर्ने, कसरी सबै कुराको जोहो गर्ने सम्झदा कता कता भारी हुन्छ । कहिले काँही आमाले तँ पनि पढ्न जाने, भाइ सानो दाजु काडमाडौंमा मैले कसरी घरको काम धान्ने त्यस माथी सधैं बिरामी भनेर भन्नुहुन्छ । त्यसले गर्दा मलाई मैले पढाइ कहिले सम्म गर्न सक्छु र पढेर पो के गर्नु र भन्ने जस्तो लाग्छ । पढाइका कुरा भन्दा घरका कुराले मात्र दिमागलाई सताउँछ ।
उनका यस्तै यस्तै गुनासाहरु सुन्दै जाँदा त्यतिबेला सम्म उनको हजुरआमा र उनीबीच छलफल गरिरहेको थियौं । उनको आमा दाउरा काट्ने खातालासँग बारीमा गएको हुनाले उहाँसँग पनि कुरा गर्ने बिचार उठ्यो । केही बेर पर्खिएपछि उहाँ आइपुग्नु भयो । उहाँसँग सबै कुरा गर्यौं । उहाँले पनि स्वीकार गर्नुभयो किः छोरीले बेला बेला चिन्ता मानिरहेको अनि स्कूल जानेबेला आँगनमा उभिएर रोइरहेको । खेतबारी त खान लाउन पुग्ने नै छ । तर गर्ने मान्छे र मिलाउने मान्छे नहुँदा त्यसले काम गर्दो रहेनछ । यही गुनासो उहाँले पोख्नु भयो ।
हामीलाई प्रष्ट भयो त्यहाँ नेमोमा आत्म विश्वास जागृत गर्नु आवश्यक छ । उनको आमामा पनि त्यस्तै आत्मविश्वासको खाँचो छ । आखिर जे हुनु त भैसक्यो भइसकेको कुरालाई लिएर चिन्ता गर्ने होइन अब बाँकीले कसरी के गर्ने भन्ने बारेमा सोच्न पर्छ । चिन्तालाई सकेसम्म बिर्सन कोसिस गर्नुपर्छ भने सम्झाउन खोज्यौ । यतिसम्मको छलफल चलिरहदाँ त्यहाँ टोलभरीका मान्छेहरु लगभग ८,१० जना जम्मा भइसकेको थिए । सबैमा सहानुभतिको भाव थियो । पढाइ छाडिन् भने केही समयमा नेमोले बिहे गर्लिन् । आखिर आमालाई त उस्तै त हो घरको काम भन्ने आवाज उनको ठूलोबुबाबाट उठ्यो । त्यसले हामीलाई एउटा गतिलो तर्क सहित उनको आमालाई सम्झाउने आधार बन्यो र हामीले उनको आमालाई भन्यौं । नेमोले यस वर्ष पढाइ छाडिन् भने उनको बिहे हुने पक्का छ । सधैं उनी त यही घरमा बस्न सामाजिक हिसाबले पनि सक्दिनन् । जसरी पनि तपाई उनको कामबाट त टाढिने नै हो त्यसकारण उसलाई पढ्न नै पठाउनु भयो भने उनले अहिले पाउने घर र पढाइपछि पाउने घरमा धेरै फरक हुन्छ । अहिले विदेश जानु पर्यो, शहर जानु पर्यो भने पनि पढाइ लेखाइ राम्रै भए मात्र सजिलो हुन्छ । छोरीको बिहे भइसक्यो ठानेर भने पनि छोरीलाई घरको काममा आशा नगर्नुस् । यस्तै यस्तै भन्दै गयौं । बीचमा उनकी आमाले थप्नु भयो भन्न त छोराले पनि भैंसी नपाल, खेती पनि नसक्ने जति बाँझै होस् । खान पुग्ने मात्र गरौं । बहिनी पढ्न जाओस् भनेको छ । हामीले पनि यही कुरा उचित देख्यौ । नेमोको पढाइका लागि यसरी नै घरको व्यवस्था मिलाउने सल्लाह हामीले दियोैं ।
सबै छलफल भइसके पछि फेरी नेमोको धारणा लिने काम भयो । उनले घरबाट आउन जान २ घण्टा भन्दा बढीलाग्छ । अब अर्को महिनाबाट तल कोठा मिलाउन पाए सजिलो हुन्थ्यो । मलाई पढने इच्छा मरेको छैन । आइतबारबाट नियमित स्कुल आउँछु । ३ दिन छुटेकोमा चाँही कक्षा शिक्षक विज्ञान सरसँग कुरा गरिदिनुहोला भनिन् । हामीले पनि उनलाई पढाइ हुँदा र नहुँदाको जीवनका बारेमा सम्झाउने प्रयत्न गर्यौं र उनलाई निर्धक्क भएर स्कूल आउन र स्कूलमा तिर्ने फि र अन्य कुनै सामग्रीको कारण समस्या परेमा हामीलाई खुलेर भन पैसाको कारण तेर्से माविमा पढ्न रोकिने छैन भनेर विद्यालयको तर्फबाट प्रतिवद्धता गर्यौं । पढाइ छाड्नै पर्ने अवस्था आएमा कमसेकम एकपटक फोन मात्रै भनेपनि गर समाधान पक्कै पहिल्याउन सकिन्छ भनी आफ्नो फोन नं. समेत टिपाएर हामी फर्कियौं ।
हामीले फेरी आइतबारसम्म कुर्यौं । उनी विद्यालय आइन् वा आइनन् मुख्य चासो त्यही थियो आखिर उनी मंगलबारसम्म नियमित खुसिसाथ स्कूल आएको पाइयो । आशा छ उनको अब विद्यालय नियमितता हुनेछ ।
परिस्थिति नं. २.
तालामाराञ गा.वि.स. वडा नं. ३ भुमेस्थान बस्ने डम्बर तामाञ को छोरी सविना तामाञको परिस्थितिका बारेमा बुझ्न हामी उनको घरमा पुग्यौं । सविना घरमा थिइनन् घरदेखि केही टाढा धारामा लुगाधुने र नुहाउन गएकी रहिछन् । घरमा बुढा हजुरबा खाटमा सुतिरहनुभएको अनि सौतेनी आमा पिडीमा कुचोलगाउँदै हुनुहुन्थ्यो । जन्मिएको भोलपल्देखि आमाको दुध खान नपाएकी र सानै उमेरमा आमा बितेकोले सौतेनी आमाको साथमा उनी छिन् । पढाइमा राम्रो क्षमता भएकी सबिनालाई सँगै बसेर कुरा गर्ने अवसर त मिलेन तर पनि उनको हजुरबासँग धेरै । कुरा भयो उनका बारेमाउनको बुबा भने घरमा भेटिएन बुबा सधैंभरी रक्सी खाएर हिड्ने, सौतेनी आमा उहाँ पनि शारिरीक रुपमा अशक्त भएकोले उनको बारेमा चासो दिने घरमा खासै कोही छैनन् । गाउँमा शौचालय बनाउने अभियान अन्तिम चरणमा छ तर उनको घरमा भने शौचालयको गारो मात्र छ , त्यो पनि छ्वाली राखिएको । घरबाट विद्यालय आउन टाढा त छाँदैछ तर पनि उनको लागि पढाइको सामग्री जुटाउन धौ धौ पर्ने अवस्था छ । उनी मात्र सन्तान रहेको बाबुको उनको पढाइलाई वास्ता नगर्नु उनको मुख्य समस्या हो । सविनासँग प्रत्यक्ष अभिभावको साथमा कुराकानी गर्न सम्भाव नभए पनि आगामी दिनमा अभिभावकसँग प्रत्यक्ष कुार गर्ने प्रयास गर्नै पर्ने देखिन्छ । उनलाई गतवर्षदेखि नै रेष्ट नेपाल मार्फत छात्रवृत्ति प्राप्त भइरहेको पाइयो ।
परिस्थिति नं. ३
कक्षा १० मा अध्ययनरत हरिबहादुर तामाञ उनको घर यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु मध्ये तालामाराञको सबै भन्दा माथि घर भएका विद्यार्थी उनी त्यहीँ बाट हरेक दिन २ घण्टा हिडेर स्कूल आइपुग्छन् । घरमा पुग्दा उनको बुबा खेतमा जानुभएको र आमालाई मात्र भेट भएको ले उनको आमा र काकासँग उनको बारेमा कुरा भयो । उनीलाई पढाइको समस्याको बारेमा कुरा गर्दा बिहान उठेपछि स्कूल जाने तयारी गर्दै ठिक हुन्छ बेलुका आउँदा साँझ परिहाल्छ । त्यसले गर्दा पढाइलाई समय नै नहुने अरु समय पनि बेलाबेलामा घरमा काम गर्नुपरिहाल्छ । उनको देखेसो हो यो कुरा । उनका काकाले तल कोठा त खोज्नु पर्ने त कोठै नपाइने तल्लो घरकी सीताको लागि गत वर्ष मुस्किले कोठा खोजर राखेको केटी मान्छेलाई त्यस्तै खालका व्यवहार हुने कुरा गर्न पनि अप्ठेरो हुनाले बरु स्कूल छाड्नै उपयुक्त ठानेर एक वर्षमा कक्षा १० मा पुगेपछि पढाइ नै छाडिन् । अहिले उनी विदेश जाने तयारीमा रहिछन् । टाढा हुनाले धेरै सास्या भएकोमा यस वर्ष भने उक्त टोलबाट एक दुइ जना बतासे जान तेर्सो बाटो हुँदा बरु सजिलो भनेर उता गएका पनि पाइयो ।
एसएलसी नजिकिँदै गरेको बेलामा यति टाढाबाट आहोरदोहोर गर्दा पढाइ राम्रो नहुने सल्लाह दिँदै अर्को महिनादेखि तलै कोठा मिलाउने सल्लाह दिइयो र यसै कुरामा अभिभावकहरु पनि सहमत भएर हामी निस्किएका थियौं ।
उपर्युक्त ३ वटा परिस्थितिहरु मुख्य प्रतिनिधि मात्र हुन् । अन्य विद्यार्थीका तुलनामा उल्लेख गर्न आवश्यक भएर यसलाई बिस्तृतिकरण गरिएको हो ।
अभियानले विद्यार्थीको वैयक्तिक अवस्थाका बारेमा जानकारी प्राप्त गर्न र शिक्षक तथा विद्यालयमार्फत गर्न सकिने सहयोग र सहकार्यका बारेमा योजना बनाउन यसले धेरै ठुलो मद्दत पुर्याएको छ । तर पनि आगामी वर्षमा भने अभियान सञ्चालन गर्दा निम्न कुरामा ध्यान दिन सके उपयुक्त हुने देखिएको छ ।
क) अभियानमा संलग्न शिक्षकहरुको समूह बनाउँदा सबै तहका शिक्षकहरुको प्रतिनिधित्व हुने गरी बनाउनु उपयुक्त हुने ।
ख) विद्यार्थीको पहिचान गर्न सहज हुने गरी उनीहरुको स्थायी र हालको दूर्व ठेगाना पहिचान गरी भौगोलिक आधारमा मात्र नभइ विद्यार्थी विवरणका आधारमा जिम्मेवारी दिनु उपयुक्त हुने ।
ग) अभियानमा जाँदा विद्यालयले शैक्षिक स्थिति सुधार गर्न शिक्षक तथा कर्मचारीको जिम्मेवरी, अभिभावकको जिम्मेवारी, विद्यार्थीको जिम्मेवारी के के हुने विद्यालयको अल्पकालिन र दिर्घकालिन योजना कस्तो छ, विद्यालयका आन्तरिक नियम र पद्धति कस्तो छ भन्ने बारेमा खुलेर प्रशिक्षित गराउने गरी तयारी हुनु उपयुक्त हुने ।
अन्त्यमा घरदैलो अभियान मार्फत
प्रस्तुतकर्ता ः
शिक्षकः कृष्ण ढुंगाना (संयोजक)
शिक्षक ः सिना श्रेष्ठ
0 comments :
Post a Comment
Thank you for your creative comment.