Posts

Showing posts from July, 2013

शैक्षिक गुणस्तरीयताको पथमाः तेर्से मा.वि.

सिन्धुपाल्चोक जिल्लाको पश्चिमी भेगको तालामाराङ र मेलम्ची नदीको सङ्गम स्थलमा अवस्थित श्री तेर्से माध्यमिक विद्यालयको सेवा क्षेत्र, तालामाराङ, दुवाचौर, पाल्चोक, महाङ्काल, थकनी र मेलम्ची रहे तापनि मुख्य सेवा क्षेत्र तालामाराङ र दुवाचौर रहेको छ । समुद्री सतहबाट करिब १ हजार मिटरको उचाइमा रहेको यस तालामाराङ बजार भौगोलिक हिसाबले पहाडी क्षेत्रमा पर्दछ । राजधानी काठमाडौंबाट करिब ७० कि.मी.को दुरी पार गरी हेलम्बु राजमार्गको छेवैमा अवस्थित रहे तापनि यो भेग भौगोलिक, आर्थिक, सामाजिक र शैक्षिक रुपमा खासै अगाडि बढ्न सकेको छैन । तालामाराङ गा.वि.स.मा रहेका ६ वटा विद्यालयहरुमध्ये माध्यमिक तहको विद्यालयका रुपमा वडा नं. ७ को बजारमा यो विद्यालय अवस्थित छ ।  बि.सं. २०४७ सालमा प्राथमिक तहको विद्यालयको रुपमा यसै वडाको कोलेचौर(हाल रहेको स्थान भन्दा करिब४ कि.मी माथी) स्थापना भएर विद्यालयलाई माध्यमिक तहसम्म विस्तार गर्ने उद्देश्य सहित २०६० सालमा निम्न माध्यमिक तह सञ्चालनको शुरुवातपछि विद्यालयको शैक्षिक व्यवस्थापन र गुणस्तर विकास गर्न विभिन्न प्रयासहरु गरिँदै आएको छ । अपेक्षाकृत उपलब्धी हासिल गर्न नस...

सिक्ने र सिकाउने माध्यमः सूचना प्रविधि

 कृष्णप्रसाद ढुञ्गाना  . शिक्षक सूचना ज्ञानको एउटा स्रोत हो । सूचनाका आफ्नै किसिमका माध्यमहरु हुन्छन् । परम्परागत रुपमा हेर्ने हो भने बाबुले छोरालाई र आमाले छोरीलाई विभिन्न व्यावहारिक अनुभवहरुलाई हस्तान्तरण गर्दै नयाँ बालबालिकालाई कुशल र योग्य बनाउने प्रचलन थियो । अहिले सिक्ने र सिकाउने ती तरिकाहरुमा परिवर्तन आइसकेको छ । सारा विश्व एउटा कोठाझैं भइसकेको अवस्थामा अब पनि यसरी अघिल्लो पुस्ताबाट लिइने अनुभवहरुले मात्र नयाँ सन्ततिहरुको जीवन चल्न नसक्ने अवस्था आएको छ । यसको कारण मानिसका आवश्यकता र चाहनाहरु समयसँगै परिवर्तन हुँदै उनीहरुको जीविकोपार्जनका तरिका र उपायहरुमा आइरहेको परिवर्तन हो । हाल मानिसले विश्वव्यापीकरणको वातावरण सिर्जना गर्न बाध्य भएको छ, आज कुनै पनि समुदायहरु आफू बन्द आर्थिक व्यवस्थाबाट अगाडि बढ्न सक्ने अवस्थामा छैनन् किनकि उनीहरु आफ्ना सबै आवश्यकता आफू एक्लैले पूरा गर्ने सामथ्र्य राख्दैनन् । सबैले एउटै नयाँ प्रविधिको आविष्कार र प्रयोग गर्न सकेका हुँदैनन् । कुनै खास नयाँ प्रविधिको आविष्कार एउटा पक्षले गर्छ भने अरुले त्यो प्रविधिको उपयोग गर्दै थप नयाँ प्रविधिको ...

COMBATING CLIMATE CHANGE-CAN IT BE THROUGH EDUCATION ?

"Have you observed any so called educated urban dweller going for a morning walk hoping to  prolong his life for some more years, but bringing back with him chemical-filled vegetables and other items in many small plastic bags, with mask on his face……………?" We, with other creatures, have been inseparable part of the environment ever since our appearance on this beautiful earth-the only living planet. In the beginning, being primitive, our limited needs did not disturb the harmony of nature since the amount and extent of damages to the environment was insignificant. But later, our population growth, with increased needs as well as scientific, commercial and technological advancement, accelerated the pace of environmental degradation. Today, at the dawn of a new millennium, we have begun to hear more new words like global warming, ozone depletion, garbage, pollution, poaching, habitat loss, dwindling forests, urbanisation, desertification, species loss, acid rain, clim...

प्रारम्भिक बालविकास केन्द्र र यसको औचित्य

बालबालिकाको पहिलो पाठशाला घर हो जहाँ उनीहरुले परिवारका सदस्य एवं अग्रजबाट सिकाइ प्रारम्भ गर्दछन् । विद्यालय बालबालिकाको दोश्रो पाठशाला हो । जब ऊ ५ वर्षको हुन्छ, त्यसपछि उसलाई विद्यालयको प्राथमिक तहमा भर्ना हुन योग्य मानिन्छ । प्राथमिक तहको कक्षा १ मा भर्ना हुनासाथ पाठ्यक्रमले राखेका उद्देश्य प्राप्त गर्न उचित क्षमताको विकास उसमा हुन सकेको हुँदैन । त्यसकारण बालबालिकालाई विद्यालयमा भर्ना हुनुपूर्व पूर्वतयारी गराउन पूर्व प्राथमिक तहको रुपमा नेपाल सरकारले प्रारम्भिक बालविकास केन्द्रको अवधारणा ल्याएको हो । ३ देखि ५ वर्ष मुनिका बालबालिकाहरु यस्ता केन्द्रहरुमा भर्ना गरी उनीहरुलाई विभिन्न व्यवहारहरु सिकाएर प्राथमिक तहमा भर्ना हुन योग्य बनाउने प्रयास गर्नु प्रारम्भिक बालविकास केन्द्रको मूल उद्देश्य हो । यस्ता केन्द्रहरु समुदायमा आधारित र विद्यालयमा आधारित गरी दुई तरिकाले सञ्चालन गरिएका पाइन्छन् । यस विद्यालयले पनि उल्लेखित उद्देश्यलाई पूरा गर्न बिगत ३ वर्षदेखि प्रारम्भिक बालविकास केन्द्र सञ्चालन गर्दै आइरहेको छ ।  बालविकास केन्द्रमा आउने बालबालिकाहरु कलिलो मस्तिष्क बोकी आएका हुन्छन्...

तेर्से मा.वि. : विगतदेखि वर्तमानसम्म

भौगोलिक अवस्थिति ः  सिन्धुपाल्चोक जिल्लाको पश्चिमी भेगको तालामाराञ र मेलम्ची नदीको सङ्गम स्थलमा अवस्थित श्री तेर्से माध्यमिक विद्यालयको सेवा क्षेत्र, तालामाराञ, दुवाचौर, पाल्चोक, महाञ्काल, थकनी र मेलम्ची रहे तापनि मुख्य सेवा क्षेत्र तालामाराञ र दुवाचौर रहेको छ । समुद्री सतहबाट करिब १ हजार मिटरको उचाइमा रहेको यस तालामाराञ बजार भौगोलिक हिसाबले पहाडी क्षेत्रमा पर्दछ । राजधानी काठमाडौंबाट करिब ७० कि.मी.को दुरी पार गरी हेलम्बु राजमार्गको छेवैमा अवस्थित रहे तापनि यो भेग भौगोलिक, आर्थिक, सामाजिक र शैक्षिक रुपमा खासै अगाडि बढ्न सकेको छैन । तालामाराञ गा.वि.स.मा रहेका ६ वटा विद्यालयहरुमध्ये माध्यमिक तहको विद्यालयका रुपमा वडा नं. ७ को बजारमा यो विद्यालय अवस्थित छ ।  सामाजिक अवस्थाः  यस विद्यालयको सेवा क्षेत्रमा पर्ने गा.वि.स.हरुमा विभिन्न जातजाति ब्राह्मण, क्षेत्री, तामाञ, गिरी, नेवार, मगर, घले, दर्जी, सुनार, सार्कीको बसोबास रहेको छ । नेपालीबाहेक मातृभाषा बोलीचालीमा मुख्य गरी तामाञ र नेवारी भाषा प्रचलनमा छन् । विभिन्न जाातजाति, धर्म, संस्कृति, परस्परा, मूल्य मान्यत...