Posts

Showing posts from December, 2020

प्रतिवेदन लेखनको अभ्यास

विद्यार्थीलाई प्रतिवेदन लेखनको अभ्यास गराउन तयार गरिएको  नमूना १  मानव बेचबिखन नियन्त्रणमा भएका कानुनी व्यवस्थाका बारमा नजिकको सुरक्षा निकायमा गइ छलफल गरी कक्षामा प्रतिवेदन प्रस्तुत गर्नुहोस् । मानव बेचबिखन नियन्त्रणमा भएका कानुनी व्यवस्थाका बारेमा प्रहरी चौकी तालामाराञमा भएको छलफलका आधारमा तयार पारिएको प्रतिवेदन पृष्ठभूमि ः हामी कक्षाा ८ मा अध्ययनरत सबै विद्यार्थीहरु विषय शिक्षकको समन्वयमा प्रहरी चौकी तालामाराञमा मानव बेचबिखन नियन्त्रणमा भएका कानुनी व्यवस्था सम्बन्धी विषयमा छलफल गर्न गएका थियौं । छलफलमा हामी विद्यार्थी, सामाजिक शिक्षक सहित प्रहरी चौकीका असइ, हवल्दार र केही प्रहरी जवानहरु हुनुहुनथ्यो । सोही छफलफलका आधारमा यो प्रतिवेदन तयार पारिएको हो ।  उद्देश्य ः  यस छलफल कार्यक्रमको उद्देश्य निम्नानुसार निर्धारण गरिएको थियो ः  क) मानव बेचबिखन नियन्त्रण सम्बन्धी भएका कानुनी व्यवस्थाको बारेमा जानकारी प्राप्त गर्नु   ख) भएका कानुनको कार्यान्वयनको स्थितिबारे थाहा पाउनु  ग) मानव बेचबिखन नियन्त्रणमा रहेका चुनौतीहरु थाहा पाउनु  छलफलबाट प्राप्त क...

भ्रष्टाचार विरुद्ध जनचेतना जगाउने नाटक

(वडा कार्यालयमा वडाध्यक्ष कुर्सीमा बसिरहेका हुन्छन् । त्यसै क्रममा गाउँका चल्ताफूर्ता भनेर चिनिने जोगमणी यसपालीको गाउँको बजेटका बारेमा बुझ्न जान्छन् । )  जोगमणि ः नमस्कार वडाध्यक्ष ज्यू , वडाध्यक्ष ः नमस्कार, जोगमणी जी , के कामले आउनुभयो । बस्नोस् न् । जोगमणी ः खासै त के काम हुनु र नयाँ वर्षको लागि गाउँमा के कति बजेट छुट्टिएको रछ, बुझ्नुपर्यो भनेर आएको सर । अब यसपाली पनि काम त जिम्मा लिएर गर्नुपर्यो नि । नत्र गाउँको विकास कहाँ हुन्छ र । वडाध्यक्षः (बजेटको पत्र देखाउँदै) यही त हो नि यी गाउँपालिकाले छुट्याएको योजनाहरुको बजेट । अब तत्काल उपभोक्ता समिति बनाएर कामका ेसम्झौता गर्नुपर्छ । अनि काम सुरु गरे भइहाल्छ । निकाशाको लागि सहयोग हामी गरिहाल्छौं तर गाउँलेको सल्लाह अनुसार काम चैं राम्रो गर्नुपर्छ अनि प्रक्रिया पूरा गरेर । जोगमणी ः कामको त चिन्तै गर्नुपदैनन नी सर बजेट निकाशा त गर्नुस् न । हामी जस्ता काम गर्ने मान्छे भएछि त हजुरको वडा ५ वर्षमा काँचुली नै फेर्छ । वडाध्यक्ष ः ल उपभोक्ता समिति बनाएर आउनुहोस् । बजेट निकाशाको काममा म सघाउँला । जोगमणी ः (फर्कन्छन्, अनि उसको साथी...