प्रतिवेदन लेखनको अभ्यास
विद्यार्थीलाई प्रतिवेदन लेखनको अभ्यास गराउन तयार गरिएको नमूना १ मानव बेचबिखन नियन्त्रणमा भएका कानुनी व्यवस्थाका बारमा नजिकको सुरक्षा निकायमा गइ छलफल गरी कक्षामा प्रतिवेदन प्रस्तुत गर्नुहोस् । मानव बेचबिखन नियन्त्रणमा भएका कानुनी व्यवस्थाका बारेमा प्रहरी चौकी तालामाराञमा भएको छलफलका आधारमा तयार पारिएको प्रतिवेदन पृष्ठभूमि ः हामी कक्षाा ८ मा अध्ययनरत सबै विद्यार्थीहरु विषय शिक्षकको समन्वयमा प्रहरी चौकी तालामाराञमा मानव बेचबिखन नियन्त्रणमा भएका कानुनी व्यवस्था सम्बन्धी विषयमा छलफल गर्न गएका थियौं । छलफलमा हामी विद्यार्थी, सामाजिक शिक्षक सहित प्रहरी चौकीका असइ, हवल्दार र केही प्रहरी जवानहरु हुनुहुनथ्यो । सोही छफलफलका आधारमा यो प्रतिवेदन तयार पारिएको हो । उद्देश्य ः यस छलफल कार्यक्रमको उद्देश्य निम्नानुसार निर्धारण गरिएको थियो ः क) मानव बेचबिखन नियन्त्रण सम्बन्धी भएका कानुनी व्यवस्थाको बारेमा जानकारी प्राप्त गर्नु ख) भएका कानुनको कार्यान्वयनको स्थितिबारे थाहा पाउनु ग) मानव बेचबिखन नियन्त्रणमा रहेका चुनौतीहरु थाहा पाउनु छलफलबाट प्राप्त क...