सिक्ने र सिकाउने माध्यमः सूचना प्रविधि


 कृष्णप्रसाद ढुञ्गाना 
.शिक्षक

सूचना ज्ञानको एउटा स्रोत हो । सूचनाका आफ्नै किसिमका माध्यमहरु हुन्छन् । परम्परागत रुपमा हेर्ने हो भने बाबुले छोरालाई र आमाले छोरीलाई विभिन्न व्यावहारिक अनुभवहरुलाई हस्तान्तरण गर्दै नयाँ बालबालिकालाई कुशल र योग्य बनाउने प्रचलन थियो । अहिले सिक्ने र सिकाउने ती तरिकाहरुमा परिवर्तन आइसकेको छ । सारा विश्व एउटा कोठाझैं भइसकेको अवस्थामा अब पनि यसरी अघिल्लो पुस्ताबाट लिइने अनुभवहरुले मात्र नयाँ सन्ततिहरुको जीवन चल्न नसक्ने अवस्था आएको छ । यसको कारण मानिसका आवश्यकता र चाहनाहरु समयसँगै परिवर्तन हुँदै उनीहरुको जीविकोपार्जनका तरिका र उपायहरुमा आइरहेको परिवर्तन हो । हाल मानिसले विश्वव्यापीकरणको वातावरण सिर्जना गर्न बाध्य भएको छ, आज कुनै पनि समुदायहरु आफू बन्द आर्थिक व्यवस्थाबाट अगाडि बढ्न सक्ने अवस्थामा छैनन् किनकि उनीहरु आफ्ना सबै आवश्यकता आफू एक्लैले पूरा गर्ने सामथ्र्य राख्दैनन् । सबैले एउटै नयाँ प्रविधिको आविष्कार र प्रयोग गर्न सकेका हुँदैनन् । कुनै खास नयाँ प्रविधिको आविष्कार एउटा पक्षले गर्छ भने अरुले त्यो प्रविधिको उपयोग गर्दै थप नयाँ प्रविधिको आविष्कार र उपयोगमा ल्याउनु सबैका लागि हितकर हुन्छ । आधुनिक सूचना प्रविधि पनि मानव जातिका लागि अत्यन्त उपयोगी र आवश्यक भइसकेको छ । 

आधुनिक सूचना प्रविधि भनेको कम्प्युटर र यसको सहायताबाट सूचनाको आदान प्रदान गर्ने मध्यम हो । योे सबैभन्दा उपयुक्त र भरपर्दो सूचनाको माध्यम हो । यसले विश्वका विभिन्न क्षेत्रमा भएका परिवर्तन र नयाँ ज्ञानको आदान प्रदान गर्न मद्दत पु¥याइरहेको हुन्छ । अहिले आएर मानिसहरुले सिक्ने र सिकाउने विभिन्न माध्यमहरुमध्ये सूचना प्रविधि पनि एउटा अत्यावश्यक र महŒवपूर्ण माध्यमका रुपमा विकसित भएको छ । 

परापूर्वमा हाम्रा अग्रजहरुले पिर्कामा माटो राखी काठको छेस्काले लेखेर अभ्यास गर्ने गरेका उदाहरण अहिलेका बालबालिकाका लागि कथा हुन सक्छ, तर यो यथार्थ हो । बिस्तारै खरी र चकको प्रयोग गर्न थालियो । सुन्ने र सुनाउने, लेख्ने र लेखाउने तरिका अझ पनि हामी शिक्षण विधिका रुपमा अधिक प्रयोग गर्ने गर्छौं । यो प्रविधि पश्चिमी देशहरुमा ज्यादै पुरानो भइ सक्यो । उनीहरुका शिक्षण प्रविधिहरुमा नयाँ प्रयोग आइसकेको छ । हाम्रै देशका कतिपय विद्यालयहरुले आफ्नो कक्षाकोठालाई श्रव्यदृश्य केन्द्रका रुपमा परिवर्तन गराइसकेका उदाहरणहरु पाउन सकिन्छ । यसका लागि कम्प्युटरको प्रयोग र यसको माध्यमबाट हाम्रा कक्षाकोठामा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिन्छ जहाँ कम्प्युटर र प्रोजेक्टरको माध्यमबाट विद्यार्थीमा रमाएर सिक्ने र सिकाउने वातावरण तयार गर्न सकिन्छ । यसमा शिक्षकले एकपटक सामग्री तयार गरेपछि पटक–पटक तयार गरिहरनु पर्दैन । साथै विभिन्न बालमैत्री सफ्टवेयरहरुको प्रयोग गरी आफैं कक्षामा सिक्ने वातावरण तयार गर्न सकिन्छ जुन उपयोगी हुनुका साथै सिकाइमैत्री पनि बन्न सक्दछ तर हाम्रो ध्यान त्यतातिर जान सकेको छैन साथै  विद्यालयमा त्यो वातावरण तयार गर्नेतर्फ चासो दिन सकिरहेका छैनौँ । अब यस बारेमा छलफल र चासो बढाउँदा उपयुक्त हुन सक्छ । 

सिकाउन मात्रै हैन सिक्न पनि आधुनिक सूचना प्रविधि उपयोगी हुन्छ । बालबालिकाहरुलाई घर र विद्यालयमा विभिन्न तरिकाले सूचना प्रविधिको प्रयोग गरी आफैं सिक्न र सिकाउन सकिन्छ तर पनि हाम्रा विद्यालय र समुदायमा यसको व्यावहारिक प्रयोग गर्ने प्रवृत्तिको विकास हुन सकेको छैन । विश्वमा दिनदिनै इन्टरनेटको फराकिलो प्रयोगलाई विद्यालयका कक्षाकोठामा बिस्तार गर्न सकेका खण्डमा एउटै ठाउँमा बसेर विश्वका विविध कुराहरुको खोजी र अध्ययन गर्ने अवसर हामीले लिन सक्छौँ र बालबालिकाहरुले पनि लिन सक्छन् । Google.com, Bing.com, go.com स्ता सर्च इन्जिनहरुको प्रयोग गरी आफूले चाहेका विभिन्न तथ्यहरुको खोजी र अध्ययन गर्न सकिन्छ । पुस्तकालयमार्फत् खोज अनुसन्धान गर्ने वैकल्पिक माध्यमका रुपमा नै इटरनेटको प्रयोग गर्न सकिन्छ । 

ज्ञानको दायरा फराकिलो हुँदै गइरहेका बेला हाल विश्वमा धेरै सिक्ने र सिकाउने वेवसाइटहरु पनि वृद्धि हुँदै गइरहेका छन् जसको प्रयोग गरी शिक्षकले सिकाउने तरिका तथा विद्यार्थीले सिक्ने तरिका र विषयवस्तुहरु अनगिन्ती रुपमा प्राप्त गर्न सक्छन् । विश्वका कुनै पनि कुनामा भएका मानिसलाई जुनसुकै कुराहरु बुझ्न र सिक्न उपयोगी हुने केही महŒवपूर्ण वेवसाइटहरुका बारेमा पनि सबैले थाहा पाउनु पर्दछ । 

दैनिक हजारौं नयाँ भिडियोहरु अपलोड हुने सम्भवतः संसारकै ठूलो भिडियो साइट www.youtube.com मा शिक्षाका लागि भिन्ने क्याटेगोरी बनाई भिडियोहरु राखिएका छन् । त्यसका लागि www.youtube.com मा Education, Teacher  आदि क्याटेगोरीमा गएर आफूलाई चाहिएका भिडियोहरु कम्प्युटरको स्क्रिनमा प्राप्त पर्न सकिन्छ । साथै उक्त भिडियोलाई कम्प्युटरमा नै download  गरी राख्न Google.com  मा गएर youtube downloader सफ्टवेयर पहिला डाउनलोड गरेर कम्प्युटरमा राख्नु पर्दछ । यसले आफ्नो कम्प्युटरमा आफूलाई चाहिएको भिडियो जुनसुकै बेला हेर्न सजिलो बनाउँछ । साथै विद्यार्थीले गरेका सिर्जना तथा आफ्ना क्षेत्रका विविध कुराहरुलाई क्यामेरा वा अन्य माध्यमबाट खिचेर YouTube  मा अपलोड गरी राख्नसमेत मिल्ने हुँदा सिक्ने र जान्ने विषयहरु आदानप्रदानको माध्यम पनि यो बन्न सक्छ । त्यसै गरी www.googleearth.com मा गई आफूलाई चाहिएको location ल खोजी गरी विश्वका जुनसुकै भूभागहरुको भौगोलिक तथा प्राकृतिक बनावटहरुको बारेमा प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । हाम्रा विद्यार्थीहरु गणितलाई गाह्रो विषयका रुपमा लिने गर्दछन् । त्यसका लागि गणितका धारणाहरुलाई सजिलो गरी बुझ्न र विज्ञान, अर्थशास्त्र जस्ता विषयका विभिन्न धारणाहरु बुझ्न www.khanacademy.org पनि विद्यार्थी तथा शिक्षकका लागि निकै उपयोगी हुन सक्छ । 

        त्यसैगरी प्राथमिक तहका बालबालिकाहरुलाई खेल्दै सिक्दै गर्न www.elearningforkids.org निकै उपयोगी हुन्छ जहाँ भाषा विषयहरुका साथै गणित, विज्ञान, सामाजिक आदि विभिन्न विषयसँग सम्बन्धित बालमैत्री भिडियोहरु प्राप्त गर्न सकिन्छ । त्यस्तै Project base learning का तरिका एवं विभिन्न सन्दर्भ सामग्रीहरुका लागि www.bie.org ले धरै मद्दत पु¥याउन सक्छ । 

नेपाली स्कुल र कलेजका विद्यार्थीहरुका लागि त्यस्तै महŒवपूर्ण नेपाली वेवसाइट www.pustakalaya.org ले प्रशस्तै डिजिटल किताबहरुका साथै भिडियो, पत्रपत्रिका, साहित्यिक कृतिहरु, स्कुल र कलेजका पाठ्यक्रम र सन्दर्भ सामग्रीहरु उपलब्ध गराएको छ । विश्वमा आइरहेका नयाँ–नयाँ पुस्तकहरुका बारेमा www.amazon.com बाट अनलाइनमार्फत् प्राप्त हुन सक्छ । www.scrobd.com, www.torrentbox.com, www.isohunt.com जहाँबाट थुप्रै डिजिटल किताबहरु उपलब्ध हुन्छन् र निःशुल्क रुपमा किताबहरु डाउनलोड गर्न सकिन्छ । छपाइका किताबहरु धेरै महँगो मूल्य तिरेर किन्नु पर्ने र पाउन पनि कठिन हुने अवस्थामा यस्ता विभिन्न वेवसाइटहरुबाट सजिलै एकै ठाउँमा बसेर एउटा कम्प्युटरको स्क्रिनमा प्राप्त गर्नु पाउनु विद्यालय र कलेजमा पढ्ने विद्यार्थी तथा पढाउने शिक्षकहरुका लागि अत्यन्तै सुखद पक्ष हो । यति मात्रै होइन सिक्ने र सिकाउनेबीच दूर सिकाइमा पनि online teaching  को प्रयोग गर्न सकिन्छ । शिक्षक विद्यार्थी आमने–सामने मात्र पढ्ने पढाउने काम हुने अन्यथा सिकाइलाई कुनै माध्यम नै नदेख्ने हाम्रो शिक्षण संस्कारमा सूचना प्रविधिमार्फत् शिक्षक जहाँ भए पनि online मार्फत् सिक्ने र सिकाउने काम गर्न सकिन्छ र आफूलाई आवश्यक पर्ने सूचना र ज्ञान online मार्फत् पनि सिधै प्राप्त गर्न सकिन्छ । यस  प्रविधिलाई हामी E-learning  भन्ने गर्छौं । 

सूचना प्रविधिअन्तर्गत Online Media मात्र होइन Offline Media हरु पनि पर्दछन् । कम्प्युटर, रेडियो, पत्रपत्रिका, टेलिभिजन लगायतका सञ्चारका साधनहरु पनि सूचना प्रविधिका माध्यमहरु नै हुन् । कम्प्युटरमा इन्टरनेट जडान नगरिएको भए तापनि विभिन्न पाठ्यसामग्रीहरुलाई भण्डारण गरेर आफूलाई आवश्यक परेको बेला अध्ययन गर्न सकिन्छ । विभिन्न मल्टिमिडिया सफ्टवेयरहरुमार्फत् खेल्दै सिक्ने र सिकाउने काममा कम्प्युटर उपयोगी हुन्छ । बालमैत्री शिक्षण सफ्टवेयर, भिडियो, फिल्महरुलाई कम्प्युटरमा राखी प्रोजेक्टरका माध्यमबाट विद्यार्थीलाई रमाएर सिक्ने वातावरण तयार गर्न सकिन्छ । पत्रपत्रिका, रेडियोहरुमा लेखिएका र प्रशारण गरिएका विभिन्न घटना र विवरणहरुलाई अध्ययन र विश्लेषण गरेर विद्यार्थीले आफ्नो ज्ञानको दायरालाई फराकिलो बनाउन सक्दछन् । कक्षागत पाठ्यपुस्तकलाई मात्र अध्ययनको आधार बनाइने हाम्रो परम्परागत सिकाइ क्रियाकलापलाई परिवर्तन गर्नु आजको आवश्यकता हो । दूर शिक्षणमार्फत् घरमै बसी सिकाइलाई अग्रता दिन सकिन्छ । व्यवस्थित पुस्तकालयको अभाव रहेका शिक्षण संस्थाहरुमा पत्रपत्रिकाहरु नियमित व्यवस्था गर्ने कुरामा समेत त्यति ध्यान दिन सकिरहेको पाइँदैन । यसबाट विद्यार्थीहरु नयाँ सूचना र घटनाका बारेमा साक्षात्कार हुनबाट बञ्चित हुनु परेको छ । 

सूचनाको माध्यमबाट सिक्ने र सिकाउने धेरै तरिकाहरुको विकास भइसकेको भए तापनि त्यसलाई प्रयोग गर्ने परिपाटीलाई हामीले चासो दिन सकिरहेका छैनौँ । दिनदिनै नयाँ नयाँ ज्ञानका अवधारणाहरु विकास भइरहँदा आफूलाई सोहीअनुसार अद्यावधिक गर्न आवश्यक हुन्छ । सिक्ने र सिकाउने माध्यमका रुपमा आधुनिक सूचना प्रविधिका विभिन्न माध्यमलाई हाम्रा विद्यालयका कक्षाकोठा र विद्यार्थीको पहुँचसम्म लैजानु अत्यावश्यक छ तर खाँचो सूचना प्रविधिलाई विद्यालयसम्म पहुँच पु¥याउने सम्बद्ध पक्षको इच्छाशक्ति र त्यसको व्यावहारिक प्रयोग गर्ने शिक्षक तथा विद्यार्थीको लगनशीलताको मात्र हो ।



Share on Google Plus

About krishna Dhungana

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments :

Post a Comment

Thank you for your creative comment.