भौगोलिक अवस्थिति ः
सिन्धुपाल्चोक जिल्लाको पश्चिमी भेगको तालामाराञ र मेलम्ची नदीको सङ्गम स्थलमा अवस्थित श्री तेर्से माध्यमिक विद्यालयको सेवा क्षेत्र, तालामाराञ, दुवाचौर, पाल्चोक, महाञ्काल, थकनी र मेलम्ची रहे तापनि मुख्य सेवा क्षेत्र तालामाराञ र दुवाचौर रहेको छ । समुद्री सतहबाट करिब १ हजार मिटरको उचाइमा रहेको यस तालामाराञ बजार भौगोलिक हिसाबले पहाडी क्षेत्रमा पर्दछ । राजधानी काठमाडौंबाट करिब ७० कि.मी.को दुरी पार गरी हेलम्बु राजमार्गको छेवैमा अवस्थित रहे तापनि यो भेग भौगोलिक, आर्थिक, सामाजिक र शैक्षिक रुपमा खासै अगाडि बढ्न सकेको छैन । तालामाराञ गा.वि.स.मा रहेका ६ वटा विद्यालयहरुमध्ये माध्यमिक तहको विद्यालयका रुपमा वडा नं. ७ को बजारमा यो विद्यालय अवस्थित छ ।
सामाजिक अवस्थाः
यस विद्यालयको सेवा क्षेत्रमा पर्ने गा.वि.स.हरुमा विभिन्न जातजाति ब्राह्मण, क्षेत्री, तामाञ, गिरी, नेवार, मगर, घले, दर्जी, सुनार, सार्कीको बसोबास रहेको छ । नेपालीबाहेक मातृभाषा बोलीचालीमा मुख्य गरी तामाञ र नेवारी भाषा प्रचलनमा छन् । विभिन्न जाातजाति, धर्म, संस्कृति, परस्परा, मूल्य मान्यता भए तापनि यहाँका मुख्य चाड दशैं, तिहार, ल्होसार, तीज आदि हुन् भने सामाजिक मूल्य मान्यता र संस्कारका रुपमा औँसी, पूर्णिमा, एकादशी, सक्रान्ति, पञ्चमी आदि पनि रहेका छन् । जातजातिपिच्छे आ–आफ्नै जन्म, मृत्यु, विवाह, व्रतबन्ध, छेवार आदि संस्कारमा केही बिभिन्नता देखिए पनि कतिपय कुराहरुमा समानता रहेको पाइन्छ । सबैथरिका बीचमा आपसी सद्भाव र सहयोग यहाँका मानिसहरुको मुख्य विशेषता हो । सेवा क्षेत्रको नजिक प्रसिद्ध पाल्चोक भगवती मन्दिर अवस्थित छ भने अन्य स्थानीय धार्मिक तथा सांस्कृतिक स्थलहरु पनि रहेका छन् ।
आर्थिक अवस्था ः
यस क्षेत्रका मानिसहरुको जीविकोपार्जनको मुख्य स्रोत कृषि नै हो । कृषिजन्य उत्पादन अन्न, दूध, तरकारी तथा फलफूल आम्दानीका मुख्य स्रोतहरु रहेका छन् । पशुपालनमा व्यावसायिक कुखुरा पालनको पनि उल्लेख्य विकास हुँदै कृषिको आम्दानी स्तर वृद्धि गर्नेतर्फ यहाँका मानिसहरु अग्रसर हुन थालेका छन् । केही मानिसहरु कृषिका आलावा व्यापार, घरेलु व्यवसाय जस्तै घट्ट, मिल, घरेलु सामग्री निर्माण तथा बिक्री वितरण गर्नुका साथै आफ्नो सीपलाई उपयोग गरी आयआर्जन गर्नेहरु पनि प्रशस्तै रहेका छन् । केही मानिसहरुले जागिर र संघसंस्थाहरुमा क्रियाशील भई केही आम्दानीका स्रोत जुटाइरहेका भए तापनि स्थानीय रुपमा रोजगारीका खासै अवसरहरु नहुनाले धेरै युवाहरु विदेशिएको र त्यो क्रम अझै बढ्दै गएको अवस्था छ । त्यसमा पनि विद्यालय तह पार नगर्दै विदेशिने महिला तथा पुरुष पनि हुनु मुख्य चुनौतिका रुपमा पनि लिन सकिन्छ । प्रायः निम्न वर्गीय समाज विद्यालयको सेवा क्षेत्र हुनाले विद्यालयले उनीहरुलाई सुलभ हुने किसिमले शिक्षाको अवसर प्रदान गर्नु पर्ने विद्यालयका लागि चुनौति रहेको छ ।
शैक्षिक अवस्थाः
यस विद्यालयको सेवा क्षेत्रभित्रको शैक्षिक स्तरलाई हेर्दा खासै सन्तोषजनक देखिँदैन । घरधुरी सर्वेक्षण २०६७ अनुसार यस सेवा क्षेत्रमा ७६.५३ प्रतिशत मानिस साक्षर रहेका छन् । विद्यालयका अन्य स्रोत विद्यालयका रुपमा ३ वटा नि.मा.वि., ४ वटा प्रा.वि. रहेका छन् । हालसम्म यस विद्यालयले पाँचौँ पटक एस एल सी परीक्षामा विद्यार्थीहरुलाई समावेश गराइसकेको छ जसमा उत्तीर्ण दर सन्तोषजनक नै रहेको छ । सेवा क्षेत्रका बालबालिकाहरुमा बीचमै कक्षा छाड्ने प्रवृत्ति बढी नै देखिए पनि विद्यालयहरुको भर्ना सक्रियताले केही हदसम्म कम हुन सकेको अवस्था छ तैपनि प्राथमिक तह पूरा गरेपछि नि.मा.वि. तहमा जाने बालबालिका र एस एल सी पछि बीचमै पढाइ छाड्ने प्रवृत्ति बढी मात्रामा रहेको छ । सेवाक्षेत्रका सबै बालिबालिकाले समयानुकूल गुणस्तरीय शिक्षा प्राप्त गर्न नसकिरहेको र उनीहरु अझै पनि अन्यत्र जानु पर्ने अवस्थालाई ध्यानमा राखी नयाँ शैक्षिक कार्यक्रममार्फत् उच्च माध्यमिक तहसम्मको सेवा यस विद्यालयबाट नै दिनु पर्ने अहिलेको मुख्य आवश्यकता देखिएको छ ।
ऐतिहासिक पृष्ठभूमि ः
विद्यालय रहेको स्थान तालामाराञको ऐतिहासिक अवस्थालाई हेर्दा गा.वि.स.मा आदिबासीका रुपमा तामाञहरुको बस्ती र बाहुल्य रहेको कारण तामाञ भाषाको ‘ताया’ अर्थात् पि“डालु तथा ‘म्राङ’ अर्थात् खोरियाबारीबाट ‘तायाम्राङ’ शब्द अपभ्रंश हु“दै तालामाराञ रहेको भन्ने भनाइ सर्वमान्य छ । यस गा.वि.स.को पूर्वी सीमानामा पर्ने मेलम्ची खोला र तालामाराञ खोलाको सङ्गम स्थलमा रहेको तालामाराञ बजार विभिन्न गा.वि.स.को केन्द्र मात्र नरहेर पाटीभञ्ज्याङ्ग, सुन्दरीजल जाने पर्यटकीय बाटाको मोड पनि यही“ पर्दछ । साथै तालामाराञ, महाञ्काल, पाल्चोक र दुवाचौर को सङ्गमस्थल पनि यहीं ठाउँ हो ।
तालामाराञको तेर्से माध्यमिक विद्यालयको नामकरण पनि यहीँ गाउ“को नामबाट नै भएको पाइन्छ । प्राचीन समयमा यसै गा.वि.स.को बीचबाट वडा नं. १, ८, ९, ५ र ६ लाई जोड्ने तेर्सो घोडेटो बाटो थियो जसबाट तत्कालीन जिम्मल, मुखियाहरु घोडा लिई ओहोरदोहोर गर्ने गर्दथे । यहीँ तेर्साे बाटाको नामबाट ‘तेर्से’ भनी गाउ“को नाम रहेको र यसै गाउ“को नामबाट विद्यालयको नामकरण पनि तेर्से नै गरिएको हो ।
यस गा.वि.स.को शैक्षिक विकासको इतिहासलाई हेर्दा राणाकालीन समयमा तत्कालीन दरबार हाइस्कुलमा अध्यापन गर्ने बाबुराम ढुञ्गानाको ऐतिहासिक गतिविधिले त्यस बेलादेखि नै शिक्षाको बारेमा केही जागरुकता शुरु भइसकेको अनुमान गर्न सकिन्छ । उनकै प्रभावस्वरुप उनका नाति बिजुलिप्रसाद ढुञ्गाना तालामाराञको पहिलो प्रधानपञ्चका रुपमा चुनिने क्षमता राख्न सफल भएको मान्न सकिन्छ ।
तत्कालीन राणाकालमा शिक्षाप्रति राज्यपक्षको कठोरताका कारण देशमै कुनै शैक्षिक विकास हुन सकेन । त्यसको प्रभाव यस भेगमा स्वभाविक नै बन्न पुग्यो । राणाकालको अन्त्यपछि विभिन्न तरिकाबाट शिक्षा लिने र दिने परिपाटीको विकास हुन थाल्यो । त्यसै क्रममा वि.सं. २०१६ सालमा पञ्चकन्या नि.मा.वि. तत्कालीन प्राथमिक विद्यालयको रुपमा स्थापित भई वि.सं. २०१९ सालदेखि औपचारिक रुपमा कुञ्चोक निवासी श्री पदमबहादुर ठकुरीले वडा नंं ९ को फूलपाती चौरमा पठनपाठन गर्न गराउन सुरु गरेका थिए जसमा लक्ष्मीप्रसाद गिरी, बुद्धिबहादुर अर्याल, भैरव ढुञ्गेलको भूमिका उल्लेख्य देखिन्छ । त्यसपछि वि.सं. २०३५ सालमा जागेश्वरी नि.मा.वि, वि.सं. २०४५ सालमा बतासे नि.मा.वि., वि.सं २०४७ सालमा तेर्से मा.वि., वि.सं. २०५३ सालमा सूर्योदय प्रा.वि. र २०६६ मा कोलेचौर प्रा.वि.को स्थापना भएको थियो ।
वि.सं. २०४७ सालमा स्थापित यो तेर्से माध्यमिक विद्यालयको आफ्नै इतिहास रहेको छ । तत्कालीन समयमा शिक्षाप्रति समुदायका मानिसहरुको चासोका कारण शैक्षिक संस्था बढ्दै जाने क्रम चल्यो । यसका लागि तत्कालीन स्थानीय नित्र देउजा, बालकृष्ण देउजा, जीतराज थापा, हस्तबहादुर देउजा, भक्तबहादुर के.सी. कृष्णबहादुर थापा, पूर्णबहादुर थापा, चेतबहादुर देउजा लगायतको सक्रियतामा तत्कालीन वडाध्यक्ष स्व. श्री टकबहादुर देउजाको अध्यक्षतामा वि.सं. २०४६ साल माघ २५ गते एक भेला गरी उक्त भेलामार्फत् वडा नं. ८ र ७ को बीच कोलेचौरमा एक प्राथमिक विद्यालय सञ्चालन गर्न आवश्यक प्रक्रियाहरु अगाडि बढाउने निर्णय गरियो । यो नै विद्यालय स्थापनाको पहिलो कदम रहेको थियो । त्यसै निर्णयअनुसार स्व. टकबहादुर देउजा अध्यक्ष, बुद्धिबहादुर अर्याल, रामबहादुर थापा, सानो खिलबहादुर देउजा सदस्य र जीतराज थापा सदस्य सचिव रहेको सञ्चालक समितिमार्फत् वि.सं. २०४७ साल वैशाख २ गते शिक्षा कार्यालयबाट विद्यालय कोटा स्वीकृत गराई वैधानिक रुपमा कक्षा १ सञ्चालन गरिएको थियो । तत्कालीन एक्सन एड नेपाल संस्थाले वडा नं. ८ र वडा नं ७ मा ऋीऋ (बाल सिकाइ केन्द्र) कक्षा सञ्चालन गरेको थियो । बिहानी समयमा चलिरहेका ती कक्षाहरुलाई तेर्से प्रा.वि.मा दिवा कक्षाको रुपमा पढाइ शुरु गरेर त्यसैको निरन्तरताले विद्यालयको शैक्षिक क्रियाकलापले बाटो अगाडि बढायो । त्यसपछि विद्यालयले वि.सं. २०५० साल माघ १८ गते कक्षा ५ सम्मको स्वीकृति प्राप्त गरेको थियो । विद्यालयलाई स्वीकृति प्राप्त भएपछि कोलेचौरमा करिब ८ आना सार्वजनिक चौरलाई आधार मानी थप ८ आना जग्गा स्थानीय जग्गादाताबाट प्राप्त भई छ्वालीको छाप्रो निर्माण गरेर पठनपाठनको व्यवस्था मिलाइएको थियो । यसका लागि निःशुल्क जग्गादान गर्नु हुने जग्गादाताहरुको विवरण निम्नानुसार रहेको छ ः
१. स्व. श्री पूर्णबहादुर देउजा – २ आना
२. स्व. श्री रणबम गिरी – २ आना
३. चेतबहादुर देउजा – २ आना
४. स्व. श्री कमराज गिरी – २ आना
उल्लेखित जग्गादाताहरुबाट जग्गा प्राप्त गरेर उक्त जग्गामा शुरुमा निर्मित कच्ची छाप्रो गरियो । एक्सन एड नेपाल र स्थानीय समुदायको सहयोगमा वि.सं. २०४८÷०४९ मा ६ कोठे भवन कोलेचौरमा निर्माण गरिएको थियो । विद्यालयलाई सुचारु गराउन कोटा स्वीकृत हुँदासँगै प्रज्ञा प्रा.वि. दुवाचौरबाट जीतराज थापा सरुवा भई स्थापनाकालदेखि नै यस विद्यालयको प्रधानाध्यापकका रुपमा हालसम्म कार्यरत रहेको आवस्था छ । यसपछि कृष्णबहादुर अर्याल, रामबहादुर देउजा र पवित्रादेवी नेपाल दरबन्दीसहित विद्यालयमा कार्यरत भएपछि कक्षा ५ सम्म सञ्चालन गर्ने कामले पूर्णता पाएको थियो । वि.सं. २०६० सालमा अपग्रेड गरी बजारमा स्थानान्तरण हुनुपूर्व विभिन्न समयमा कार्यरत रही सेवा गर्नु हुने प्रधानाध्यापक तथा हाल कार्यरत शिक्षकहरुबाहेक अन्य निम्न व्यक्तिहरुले स्वयंसेवक, स्थायी, अस्थायी, काज आदि तहमा रहेर शिक्षण गरी सहयोग पु¥याउनु हुनेहरुको विवरण यसप्रकार रहेको छ ः
क्र.सं. नामथर ठेगाना सेवाको किसिम सेवा अवधि कैफियत
१ मीनबहादुर दउजा तालामाराञ ७ स्वयंसेवक, निजीस्रोत २ वर्ष स्वयंसेवक ६ महिना
२ कृष्ण थापा तालामाराञ ८ स्वयंसेवक २ महिना
३ झक्त के.सी. तालामाराञ ७ स्वयंसेवक १ महिना
५ सरस्वती थापा तालामाराञ ८ निजीस्रोत १ वर्ष ६ महिना
६ नवराज ढुञ्गाना तालामाराञ १ स्वयंसेवक ६ महिना
७ काजिबहादुर थापा तालामाराञ ८ निजीस्रोत २ महिना
८ सविता चौधरी सप्तरी स्थायी २ वर्ष
९ भूपेन्द्र थापा निजी तालामाराञ ८ निजीस्रोत ६ वर्ष
१० बालसुन्दर देउजा तालामाराञ ७ काज (प्रज्ञा प्रावि) १ वर्ष
११ मीना बस्नेत तालामाराञ ६ निजीस्रोत २ वर्ष
हालसम्मका विद्यालय व्यवस्थापन सम्बन्धी विवरणः
यसै गरी विद्यालय स्थापनादेखि विभिन्न समयमा हालसम्म क्रियाशील व्यवस्थापन समिति तथा अन्य समितिहरुको विवरण निम्नानुसार रहेको छ ः
संस्थापक विद्यालय व्यवस्थापन समिति (वि.सं. २०४७ वैशाख २ गतेदेखि २०५० जेठ १७ सम्म)
१. अध्यक्ष स्व. श्री टकबहादुर देउजा
२. सदस्य श्री बुद्धिबहादुर अर्याल
३. सदस्य श्री रामबहादुर थापा
४. सदस्य श्री सानो खिलहादुर देउजा
५. सदस्य सचिव श्री जीतराज थापा
विद्यालय व्यवस्थापन समितिः (वि.सं. २०५० जेठ १८ देखि २०५३ भाद्र १८ सम्म)
१. अध्यक्ष श्री बालकृष्ण देउजा
२. सदस्य श्री डिलबहादुर खत्री
३. सदस्य श्री कृष्णबहादुर थापा
४. सदस्य श्री नेत्रबहादुर शाही
५. सदस्य श्री चेतबहादुुर देउजा
६. सदस्य श्री सानो खिलबहादुर देउजा
७. सदस्य सचिव श्री जीतराज थापा
विद्यालय व्यवस्थापन समितिः (वि.सं. २०५३ भाद्र १९ गतेदेखि २०५९ भाद्र १६ सम्म)
१. अध्यक्ष श्री सानो खिलबहादुर देउजा
२. सदस्य श्री नेत्रबहादुर शाही
३. सदस्य श्री चेतबहादुर देउजा
४. सदस्य श्री पूर्णबहादुर थापा
५. सदस्य श्री क्षेत्रबहादुर थापा
६. सदस्य श्री ठुलीकान्छी देउजा
७. सदस्य सचिव श्री जीतराज थापा
विद्यालय व्यवस्थापन समितिः (वि.सं. २०५९ भाद्र १६ गतेदेखि २०६१ पौष २ सम्म)
१. अध्यक्ष श्री सानो खिलबहादुर देउजा
२. सदस्य श्री गणेशबहादुर देउजा
३. सदस्य श्री गञ्गाराम गिरी
४. सदस्य श्री ठुलीकान्छी देउजा
५. सदस्य श्री नेत्रबहादुर शाही
६. सदस्य श्री मीनबहादुर देउजा
७. सदस्य श्री वडाध्यक्ष
८. सदस्य श्री कृष्णबहादुर अर्याल, शिक्षक प्रतिनिधि
९.सदस्य सचिव श्री जीतराज थापा
विद्यालय व्यवस्थापन समितिः (वि.सं. २०६१ पौष २ गतेदेखि २०६३ पौष २८ सम्म)
१. अध्यक्ष श्री सानो खिलबहादुर देउजा
२. सदस्य श्री गणेशबहादुर देउजा
३. सदस्य श्री कृष्णप्रसाद ढुञ्गाना
४. सदस्य श्री चिरी तामाञ
५. सदस्य श्री गञ्गाराम गिरी
६. सदस्य श्री रामकृष्ण देउजा
७. सदस्य श्री वडाध्यक्ष सदस्य
८. सदस्य श्री कृष्णबहादुर अर्याल, शिक्षक प्रतिनिधि
९.सदस्य सचिव श्री जीतराज थापा
विद्यालय व्यवस्थापन समितिः (वि.सं. २०६३ पौष २८ गतेदेखि हालसम्म)
१. अध्यक्ष श्री लोकबहादुर देउजा
२. सदस्य श्री चिरी तामाञ
३. सदस्य श्री खिलप्रसाद ढुञ्गाना
४. सदस्य श्री रामप्रसाद आचार्य
५. सदस्य स्व. श्री तेजबहादुर थापा
६. सदस्य श्री रामकृष्ण देउजा
७. सदस्य श्री वडाध्यक्ष सदस्य
८. सदस्य श्री कृष्णबहादुर अर्याल, शिक्षक प्रतिनिधि
९. सदस्य सचिव श्री जीतराज थापा
समयअनुसार जनचाहना परिवर्तन हुँदै जाँदा र तालामाराञ गा.वि.स.मा एउटा पनि माध्यमिक विद्यालय नहुँदा गा.वि.स. र आसपासका बालबालिकाहरु टाढा जानु पर्ने बाध्यतालाई कम गर्न र आफ्नै पायक पर्ने स्थानमा गा.वि.स. भित्रैका कुनै एक विद्यालयको तह वृद्धि गरी माध्यमिक तह सञ्चालन गर्ने आम जनचाहना अनुसार स्थानीय शिक्षाप्रेमी तथा बुद्धिजीवीहरुमा जागरुकता बढ्दै गयो । वि.सं. २०५९ सालमा तत्कालीन समयमा एक मात्र गा.वि.स.को नि.मा.वि पञ्चकन्या नि.मा.वि.लाई माध्यमिक तह पायक पर्ने तालामाराञ बजारमा स्थानान्तरण गरी उक्त विद्यालयको नाममा दुवै स्थानमा विद्यालय सञ्चालन गर्ने सुरुमा पहल भयो । उक्त छलफलबाट खासै उपलब्धि हुन नसके पछि अन्य विद्यालयको सम्भाव्यता खोज्ने काम भयो । यसो गर्दा पनि कुनै उपलब्धि हुन नसकेकाले गा.वि.स.को सबैभन्दा पछिल्लो समयमा स्थापित यो विद्यालयको कोलेचौरमा कक्षा १, २ र ३ कायम गरी कक्षा ४ देखि कक्षा ६ हुँदै क्रमशः नि.मा.वि. र मा वि सञ्चालन गर्दै जाने कुरामा आम सहमति बन्यो ।
गा.वि.स. क्षेत्रभित्र नि.मा.वि. तथा मा.वि. सञ्चालनको आवश्यकता टड्कारो देखिए पनि विद्यालयसँग आर्थिक सक्षमता भने थिएन तर पनि विभिन्न माध्यमबाट आर्थिक स्रोतहरुको खोजी गर्दै जान व्यापक छलफलहरु भए । तिनै छलफलका आधारमा स्रोत जुटाउन एक उपयुक्त माध्यम श्रीमद्भागवत महापुराण तथा धान्याञ्चल महायज्ञ हुन सक्ने ठानी पं. श्री रामशरण सापकोटा र नेत्रप्रसाद भट्टराईको वाचनमा महायज्ञ सम्पन्न भयो जसबाट खर्च कटाएर प्राप्त भएको नगद रु. २,६१,३६४।– र ग्रामीण स्वास्थ्य प्रतिष्ठानबाट प्राप्त नगद रु. १,५०,०००।– आर्थिक स्रोत नै नि.मा.वि. सञ्चालन गर्ने बलियो आधार बन्न पुग्यो । उक्त सप्ताह ज्ञान महायज्ञ सञ्चालनार्थ गठित मूल समितिको विवरण यसप्रकार छ ः
१) अध्यक्ष श्री माधवप्रसाद ढुञ्गाना
२) उपाध्यक्ष श्री भोजबहादुर के.सी.
३. सचिव श्री बालकृष्ण देउजा
४. कोषाध्यक्ष श्री नानीबहादुर देउजा
५. सदस्य श्री कृष्णप्रसाद सापकोटा
६. सदस्य श्री ताराबहादुर देउजा
७. सदस्य श्रीमती चण्डीका श्रेष्ठ
८. सदस्य श्री जीतराज थापा
९. सदस्य श्री खिलप्रसाद ढुञ्गाना
शैक्षिक सत्र २०६० बाट तालामाराञ बजारमा नि.मा.वि. हुँदै मा.वि सञ्चालन गर्न मिति २०५९ चैत्र १४ गते एक भेला आयोजना गरियो । उक्त भेलाले श्री बालकृष्ण देउजाको अध्यक्षतामा ३५ सदस्यीय नि.मा.वि. सञ्चालन सहयोग उपसमिति, श्री निलबहादुर शाहीको अध्यक्षतामा आर्थिक सहयोग सञ्कलन उपसमिति, वि.व्य.स. अध्यक्ष श्री सानो खिलबहादुर देउजाको अध्यक्षतामा विद्यालय भवन निर्माण समिति र श्री माधवप्रसाद ढुञ्गानाको अध्यक्षतामा अनुगमन तथा मूल्याञ्कन समिति गठन गरी प्रक्रिया अगाडि बढाइएको थियो । विद्यालयलाई नि.मा.वि. हुँदै मा.वि. सञ्चालनका लागि तालामाराञ बजारमा कुनै पूर्वाधार नभएको हुनाले डुँडेटार सामुदायिक वन समिति, ढुञ्गाना गाउँ सामुदायिक वन समिति, तालामाराञबाट काठमाडांैमा गई बसोबास गर्ने व्यक्तिद्वारा गठित काठमाडौं सहयोग समिति, विभिन्न विदेशी नागरिक तथा संस्थाहरु, गाउँ सहयोग समिति, सामुदायिक विकास समिति, मेलम्ची खानेपानी विकास समिति, महिला बचत समूहहरु, फुर्केसल्ला सामुदायिक वन समिति, सामुदायिक आत्मनिर्भर केन्द्र, पाल्चोक वन समिति, गाउँ विकास समिति, गाउँ सामुदायिक समिति, शिक्षा कार्यालय, शिक्षक तथा कर्मचारीहरु, स्थानीय चन्दा तथा श्रमदान, देउसी भैलो आदि कार्यक्रममार्फत् शुरुमा ३ कोठे तत्कालीन गा.वि.स. र ग्रामीण स्वास्थ्य प्रतिष्ठानको भत्केको भवन मर्मत गरी सञ्चालन गरिएको थियो । त्यसपछि तिनै सहयोगी हातहरुमार्फत् विभिन्न संरचनाहरु क्रमशः निर्माण गर्दै हालसम्मका संरचना तयार भएका हुन् ।
निम्न माध्यमिक तह सञ्चालनको शुरुवातपछि विद्यालयलाई आवश्यक आर्थिक तथा भौतिक सहयोगमा टेवा पु¥याउन तालामाराञबाट काठमाडौंमा गई विभिन्न पेशा व्यवसाय गरेर बसोबास गरिरहेकाहरुको सक्रियतामा वि.सं. २०६२ श्रावण २९ गते गठित काठमाडौं सहयोग समतिले विद्यालय व्यवस्थापन समितिसँग सहकार्य गरी चन्दा, नियमित लेबी सञ्कलन गर्ने र विदेशी नागरिकहरुसँग सम्पर्क र सम्बन्ध बढाउने काम गरिरहेको छ । उक्त समितिको विवरण यसप्रकार रहेको छः
१. अध्यक्ष श्री निलबहादुर शाही
२. सचिव श्री हरिचन्द्र श्रेष्ठ
३. कोषाध्यक्ष श्री महेन्द्र देउजा
४. सदस्य श्री जगतबहादुर बस्नेत
५. सदस्य श्री दीपबहादुर देउजा
६. सदस्य श्री लोकबहादुर देउजा
७. सदस्य श्री रुद्रबहादुर थापा
काठमाडौं सहयोग समितिमार्फत् विद्यालयसँग सम्पर्क र सम्बन्ध कायम भएका विदेशी सहयोगदाताहरुमा Mio
Sindo(Japan), Kira Kay (Australia), Vincent (Australia), Susanne Asman
(Sweden), Doc Candilan (Ireland) आदिको योगदान अत्यन्तै महŒवपूर्ण रहेको छ । साथै यी विभिन्न पक्षहरुसँग समन्वय गराउन आर्थिक व्यवस्थापन समिति संयोजक श्री निलबहादुर शाही तथा वि.व्य.स. अध्यक्ष श्री लोकबहादुर देउजाको भूमिका अत्यन्तै उल्लेखनीय एवंं प्रशंसनीय रहँदै आएको छ । स्थानीय स्तरबाट निर्माण समिति तथा अन्य सहयोग सञ्कलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने कार्यमा सानो खिलबहादुर देउजा, रामकृष्ण देउजा, रुद्रबहादुर थापा, नवराज बस्नेत, डम्बरबहादुर अर्याल, मातृविद्यालय कोलेचौर प्रा.वि.का व्यवस्थापन समितिका अध्यक्ष ताराबहादुर देउजा आदिको योगदान पनि अत्यन्तै प्रशंसनीय छ ।
विद्यालय कोलेचौरबाट तालामाराञ बजारमा स्थानान्तरण भई त्यसपछिका दिनहरुमा विभिन्न समयमा विद्यालयमा योगदान गर्नुहुने शिक्षक तथा कर्मचारीहरुको विवरण यस प्रकार छ :
क्र.सं. नामथर ठेगाना सेवाको किसिम सेवा अवधि कैफियत
१ खुलबहादुर थापा किउल निजीस्रोत ६ महिना
२ विन्दा सापकोटा तालामाराञ १ निजीस्रोत १ वर्ष
३ पदम अर्याल तालामाराञ ५ निजीस्रोत २ महिना
४ अम्बिका थापा तालामाराञ ९ निजीस्रोत २ महिना
५ विनोद भट्ट धादिञ निजीस्रोत १ वर्ष
६ दीपक दाहाल काभ्रे निजीस्रोत ८ महिना
७ सुचिन्द्र तिवारी सर्लाही निजीस्रोत ६ महिना
८ माधवप्रसाद ढुञ्गाना तालामाराञ १ काज (उर्लेनी प्रावि) ८ महिना
९ जीतबहादुर खड्का सुनसरी निजीस्रोत १ वर्ष ६ महिना
१० सत्यराज जोशी बझाञ निजीस्रोत १ वर्ष
११ शञ्कर अर्याल थकनी निजीस्रोत ३ महिना
१२ अनुजकुमार श्रेष्ठ सप्तरी निजीस्रोत १ वर्ष २ महिना
१३ निमबहादुर गुरुञ धादिञ निजीस्रोत १ वर्ष ६ महिना
१४ उत्तरकुमार सुब्बा इलाम निजीस्रोत २ वर्ष
१५ लक्ष्मी अर्याल गोरखा निजीस्रोत २ वर्ष
१६ भीमसेन आचार्य तालामाराञ ५ निजीस्रोत २ वर्ष
१७ मीना थापा तालामाराञ ८ निजीस्रोत २ वर्ष
१८ अनिल श्रेष्ठ मेलम्ची निजीस्रोत २ वर्ष ६ महिना
१९ प्रेमबहादुर देउजा तालामाराञ ७ निजीस्रोत (परिचर) २० वर्ष स्थापनाकालदेखि
यी बाहेक विभिन्न विदेशी स्वयंसेवकहरुले बेलाबेलामा विद्यालयमा आई विभिन्न अवधिमा अध्यापन कार्यमा समेत योगदान पु¥याएका छन् ।
विद्यालयको शिक्षक अभिभावक संघको विवरण ः (वि.सं. २०६३ पौष २८ गतेदेखि हालसम्म)
1) अध्यक्ष स्व श्री टकबहादुर देउजा
2) सदस्य श्री पूर्णबहादुर थापा
3) सदस्य श्री खिलबहादुर केसी
4) सदस्य श्री रामशरण गिरी
5) सदस्य श्रीमती लक्ष्मी थापा
6) सदस्य श्री रुद्रबहादुर ढुङ्गाना
7) सदस्य श्री सानो खिलबहादुर देउजा
8) सदस्य श्री अशाककुमारी देउजा
9) सदस्य श्री बुद्धिबहादुर सुनार
10) सदस्य श्री कृष्णप्रसाद ढुङ्गाना (शिक्षक प्रतिनिधि)
11) सदस्य सचिव श्री जीतराज थापा
बालक्लबको विवरणः
बालबालिका विद्यालयका केन्द्रीय पक्ष हुन् । उनीहरुको सर्वाञ्गीण विकासका लागि उनीहरु स्वयंलाई सक्रिय र जागरुक बनाउनु आवश्यक हुन्छ । उनीहरुका शैक्षिक, बौद्धिक, शारीरिक र संवेगात्मक पक्षहरुलाई ख्याल गरी शिक्षण संस्थाले उपयुक्त व्यवस्था गर्नु आवश्यक छ । बाल हक अधिकारको सुनिश्चितता र सही उपयोगको वातावरण तयार गर्न बालसहभागितालाई ख्याल गरी वि.संं. २०६८ जेठमा प्रगतिशील बालक्लबको गठन भई क्रियाशील छ । विद्यालयले गरेका हरेक अतिरिक्त क्रियाकलापहरु बालक्लबमार्फत् नै सञ्चालन गर्ने गरिएका छन् । वि.संं.२०६९ जेठ २२ गते भएको विद्यार्थीहरुको दोस्रो वार्षिक भेलाबाट पुनर्गठित बालक्लबको कार्यसमतिको विवरण यसप्रकार रहेको छ ः
1) अध्यक्ष, निरमाया तामाञ
2) उपाध्यक्ष, कुमार स्याञ्तान
3) सचिव, मनोज थापा
4) स–सचिव, बिबिलक्ष्मी तामाञ
5) कोषाध्यक्ष, अम्बरबहादुर तामाञ
6) सदस्य, मनोज सुनार
7) सदस्य, युवराज गिरी
8) सदस्य, विकेश देउजा
9) सदस्य, सलिना अर्याल
10) सदस्य, सोनिया गिरी
11) सदस्य, चमेली तामाञ
12) सदस्य, रोसनी तामाञ
13) सदस्य, रसिला ढुञ्गाना
14) सदस्य, धनबहादुर तामाञ
15) सदस्य, गीता गिरी
निष्कर्ष ः
विद्यालयको इतिहास लामो नभए पनि धेरै उतारचढावहरु छिचोल्दै विद्यालयको वर्तमान संरचना तयार भएको हो । हाल विद्यालयमा १९ जना शिक्षक तथा कर्मचारी, ६१४ जना विद्यार्थी अध्ययन अध्यापनमा क्रियाशील छन् । समुदायको मागलाई ध्यानमा राखी विद्यालयले गुणस्तरीय शिक्षाको विकासका लागि महŒवपूर्ण प्रयासहरु गर्दै आइरहेको छ । निकट भविष्यमा भौतिक संरचनाहरुमा व्यापक विकास गरी उच्च माध्यमिक तहसम्म गुणस्तरीय शिक्षा प्रदान गर्ने अठोट विद्यालयले गरेको छ । यही गर्विलो इतिहास बोकेको यो विद्यालय अनेकौं अप्ठ्याराहरु आइपर्दा पनि स्थानीय बासिन्दा, शिक्षाप्रेमी, बुद्धिजीवी, न्यायप्रेमी एवं समाजसेवीहरुको न्यानो र दरिलो साथले गर्दा दुई खोलाको दोभानलाई साक्षी राख्दै शिक्षाको ज्योति छर्ने नेतृत्वदायी संस्थाको रुपमा स्थापित भइसकेको छ । गुणस्तरीय शिक्षाको नारालाई बालमैत्री वातावरणद्वारा जीवन सापेक्ष बनाएर दक्ष जनशक्ति उत्पादनको बलियो आधार बन्ने अभियानमा गन्तव्यमुखी भएर अगाडि बढेको यो विद्यालय सबैको शैक्षिक भरोसाको केन्द्र बन्ने उद्देश्यमा तल्लीन छ ।
0 comments :
Post a Comment
Thank you for your creative comment.