सिन्धुपाल्चोक जिल्लाको पश्चिमी भेगको तालामाराङ र मेलम्ची नदीको सङ्गम स्थलमा अवस्थित श्री तेर्से माध्यमिक विद्यालयको सेवा क्षेत्र, तालामाराङ, दुवाचौर, पाल्चोक, महाङ्काल, थकनी र मेलम्ची रहे तापनि मुख्य सेवा क्षेत्र तालामाराङ र दुवाचौर रहेको छ । समुद्री सतहबाट करिब १ हजार मिटरको उचाइमा रहेको यस तालामाराङ बजार भौगोलिक हिसाबले पहाडी क्षेत्रमा पर्दछ । राजधानी काठमाडौंबाट करिब ७० कि.मी.को दुरी पार गरी हेलम्बु राजमार्गको छेवैमा अवस्थित रहे तापनि यो भेग भौगोलिक, आर्थिक, सामाजिक र शैक्षिक रुपमा खासै अगाडि बढ्न सकेको छैन । तालामाराङ गा.वि.स.मा रहेका ६ वटा विद्यालयहरुमध्ये माध्यमिक तहको विद्यालयका रुपमा वडा नं. ७ को बजारमा यो विद्यालय अवस्थित छ ।
बि.सं. २०४७ सालमा प्राथमिक तहको विद्यालयको रुपमा यसै वडाको कोलेचौर(हाल रहेको स्थान भन्दा करिब४ कि.मी माथी) स्थापना भएर विद्यालयलाई माध्यमिक तहसम्म विस्तार गर्ने उद्देश्य सहित २०६० सालमा निम्न माध्यमिक तह सञ्चालनको शुरुवातपछि विद्यालयको शैक्षिक व्यवस्थापन र गुणस्तर विकास गर्न विभिन्न प्रयासहरु गरिँदै आएको छ । अपेक्षाकृत उपलब्धी हासिल गर्न नसके पनि तुलनात्मक रुपमा जिल्लाका अन्य विद्यालयहरुको दाँजोमा कतिपय कुराहरुमा उल्लेख्य सुधार गर्दै आइरहेको भने पक्कै पनि अनुभुति हुन सक्छ ।
विद्यालयको भौतिक संरचना निर्माण गर्दै विद्यालयलाई यो अवस्थासम्म ल्याउन स्थानीय अभिभावक तथा काठामाडौंमा गई बसोबास गर्ने व्यक्तिहरु मिलेर गठित काठमाडौं सहयोग समिति र त्यस मार्फत विद्यालयसँग सम्पर्क र सम्बन्ध कायम भएका विदेशी सहयोगदाताहरु आदिको योगदान अत्यन्तै महŒवपूर्ण रहेको छ ।
यस विद्यालयले शैक्षिक गुणस्तर विकास गर्न समयानुकूल र व्यावहारिक योजनाको निर्माण र यसको सशक्त कार्यान्वयनको प्रयत्न गरिरहेको छ । यही यसै कुरालाई दृष्टिगत गरी विभिन्न पक्षहरुमा प्राथमिकता दिएर अगाडी बढिरहेको छ ।
हाल मा.वि.तहसम्म मात्र सञ्चालनमा रहेको यस विद्यालयलाई उच्च मा.वि.सम्म विस्तार गर्नु अहिलेको अनिवार्य आवश्यकता विद्यालयले देखेको छ । यसै सन्दर्भमा विद्यालय स्टाफ, वि.व्य.स., स्थानीय समाजसेवी, विद्यार्थी, टिम नेपाल तथा विदेशी दाताको संयुक्त बैठकको सम्झौता अनुरुप उच्च मा.वि.सञ्चालनको प्रारम्भिक खाका तयार भएको र सम्बन्धित निकायमा स्वीकृतिका लागि पहल भइरहकोले सम्भवतः यसै शैक्षिक सत्रबाटै यो कार्यक्रम सफल हुने अपेक्षा विद्यालयको छ ।
गुणस्तरीय शिक्षाका लागि यस विद्यालयमा सरकारी तथा गैह्रसरकारी संघ–संस्थाहरु TEAM
NEPAL, CHILD NEPAL, RHEST Nepal, जि.शि.का. तथा विभिन्न निकायहरुले लगानी गरिरहेका छन् । विद्यालयको आत्मा शैक्षिक गुणस्तरमा अन्तर्निहित हुन्छ । यसका लागि शिक्षकले विभिन्न निकायबाट प्राप्त गरेको तालिमको व्यवहारिक प्रयोग, परियोजना कार्य, अनुसन्धान जस्ता कुराहरुलाई प्राथमिकता दिँदै आइरहेको छ । विद्यालयमा गरिने विभिन्न नियमित क्रियाकलापहरु जस्तै बिहानी प्रार्थना, विद्यार्थी हाजिरी, जस्ता कुराहरुमा कसरी शैक्षिक क्रियाकलापमुखी बनाउन सकिन्छ भनेर हाजिरीमा कुनै विषयमा धारणा व्यक्त गरी उपस्थिति जनाउने, प्रार्थनामा नियमित वक्तृत्व तथा बादविवादलाई सामेल गराउने, बाल क्लव मार्फत नै अनुशासन, पोशाक आदिको जाँच गर्ने र त्यसलाई नियमित गर्ने, कक्षाकोठा व्यवस्थापन वा सजावट गर्ने कार्यहरु विद्यार्थी मार्फत उनीहरुकै अगुवाइमा गरिँदै आएको छ । यस्ता कार्यहरु विद्यार्थीमार्फत नै गरिँदा त्यसको दिगोजना र व्यवहारिकता बढि देखिने अनुभव पाइएको छ ।
गुणस्तरीय शिक्षा प्रदान गर्ने अभिलाषाले विभिन्न निकायहरुले धेरै शिक्षकशिक्षिकाहरुलाई तालिम दिएका छन् । तर ती तलिमहरु कतिपय सन्दर्भमा विद्यालयको आन्तरिक क्रियाकलापमा अपर्याप्त हुने र पूर्ण व्यवहारिक पनि हुन समस्या हुने भएकोले शिक्षक शिक्षिकाहरुमा अंग्रेजी भाषा, कम्प्युटर निरन्तर मूल्याँकन प्रणाली व्यवस्थापन जस्ता कुराहरुमा आन्तरिक रुपमा अन्तक्रियात्मक रुपमा क्षमता अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिँदै विद्यालय समयलाई र आवश्यक पर्दा अन्य समयलाई पनि उपयोग गर्दै बेलाबेलामा सञ्चालन गर्दै आइरहेको छ । आगामी दिनमा सूचना प्रबिधि र यसको प्रयोगलाई व्यापक बनाउन गृहकार्य पनि भइरहेको छ ।
विगतका वर्षमा झैं यस वर्ष पनि विद्यालयले शिक्षा कार्यलयको क्यालेण्डरका आधारमा आफ्नै किसिमको वार्षिक कार्ययोजना निर्माण गरी वर्षभरीका क्रियाकलापहरुलाई व्यवस्थित र नियमित गर्ने प्रयत्न गरिरहेको छ । यसमा विद्यालयमा सञ्चालन गरिने विभिन्न अतिरिक्त क्रियाकलाप र अन्य वार्षिक कार्यक्रमहरु समेत समावेश गरिएका छन् ।
विद्यार्थीमा उनीहरुको प्रतिभा र सिर्जनात्मक क्षमता प्रस्फुटन र अभिवृद्धि गराउन ‘आँकुरा’ नामक नियमित भित्तेपत्रिका प्रकाशन गरिरहेको छ । यसलाई अझै प्रभावकारी बनाउन वातावरण शिक्षा केन्द्र नेपालको सहयोगमा ५ जना विद्यार्थीका लागि ३ दिने लेखन तथा भित्ते पत्रिका प्रकाशन सम्बन्धि ३ दिने तालिम पनि सञ्चालन गरिएको छ । यसबाट यो कार्यलाई प्रभावकारी बनाउन अझै थप मद्दत पुग्नेछ । यसमा समावेश भएका सबै सिर्जनाहरुलाई समावेश गरी वार्षिक रुपमा पुस्तिका प्रकाशन गर्ने योजना विद्यालयको रहेको छ ।
विद्यालयको प्राथमिक तह (नर्सरीदेखि कक्षा ५ सम्म) लाई पूर्णतः अंगे्रजी माध्यममा सञ्चालन गरिँदै आइएको छ । यसै शेक्षिक सत्र २०७० देखि यसलाई माध्यमिक तहसम्म बिस्तार गर्ने उद्देश्य सहित कक्षा ६ मा अंग्रेजी माध्यमबाट पठन पाठन गर्न सुरु गरिएको छ ।
विज्ञानको प्रतिफल र विद्युतीय सामग्रीको विकासले आजको विश्व सूचना प्रविधिको जालमा कहिल्यै ननिस्कने गरी परिसकेकोले अब विद्यालयहरुले पनि त्यस तर्फ ध्यान दिनै पर्दछ । त्यसै कुरालाई ध्यान दिएर विद्यालयले बिगत ३ वर्षदेखि कक्षा ९ र १० मा कम्प्युटर विज्ञानको पढाइ सञ्चालन गरिरहेको छ भने यस वर्ष देखि कक्षा ६ बाट नै त्यसको पढाइको सुरुवात गरिएको छ विभिन्न बालमैत्री सफ्टवेयरहरुको प्रयोग गर्दै प्रोजेक्टरको माध्यमबाट विद्यार्थीलाई शिक्षण गर्ने अभ्यास पनि थालिएको छ । विद्यालयमा सुचना प्रबिधिको व्यापक प्रयोग गरी शिक्षण सिकाइलाई आधाुनिक र प्रभावकारी बनाउन विभिन्न संघसंस्थाहरुसँग भ्(ीभबचलष्लन को कार्यक्रम प्रस्ताव गरिएको छ ।
विद्यालयमा विद्यार्थीहरु विभिन्न क्षेत्रबाट अध्ययन गर्न आउने र उनीहरुको अवस्थालाई ध्यानमा राखेर विद्यार्थीको शैक्षिक उपलब्धी बृद्धि गर्न नजिकको एउटा घरलाई विद्यालयले भाडा तिर्ने गरी लिएर शिक्षकको प्रत्यक्ष निगरानीमा टाढा, गरिब तथा जेहेन्दार विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी शैक्षिक सत्र २०७० देखि नै सुरुवात त्यसको सबै प्रक्रिया पूरा गर्न लागिएको अवस्था छ ।
शिक्षक र अभिभावको आपसी छलफल तथा अन्तक्र्रिया र प्रयासले मात्र विद्यार्थीको शैक्षिक स्तर सुधार हुन सक्छ । विद्यार्थीको पारिवारिक, सामाजिक अवस्थाबारे शिक्षकलाई ज्ञान भए मात्र उसले सो विद्यार्थीका लागि उपयुक्त शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सहज हुन्छ । यसै कुरालाई ध्यानमा राखी विगत ३ वर्ष अगाडिदेखि घरदैलो कार्यक्रमले आगामी दिनमा समेत निरन्तरता पाउनेछ । शैक्षिक सत्रको शुरुमा प्रत्येक विद्यार्थीको घर–घरमा पुगेर अभिभावक, शिक्षक तथा विद्यार्थीको बीचमा शैक्षिक तथा व्यावहारिक समस्या समाधानका विषयमा छलफल गरी पढाइमा केन्द्रित हुने गरिएको छ । एक आपसमा विश्वासको वातावरण र हितैषी सम्बन्ध स्थापित गरी शिक्षण सिकाइमा सबै पक्षलाई जिम्मेवारी बोध गराउन घरदैलो कार्यक्रम सफल भएको विद्यालयको अनुभव रहेको छ ।
स्थानीय शैक्षिक सामग्री, त्यो पनि विद्यार्थी र शिक्षकले मिलेर तयार गरेको बढि दिगो र प्रभावकारी हुने महसुस विद्यालयले गरेको छ । कक्षा सजावट देखि विभिन्न विषयसँग सम्बन्धित सामग्रीहरु विद्यार्थी आफैंले कक्षामा ल्याएर सजावट गर्ने बानीको विकास गर्न खोजिएको छ यसरी निर्मित सामग्रीहरुले प्रत्येक कक्षामा सिकाइमैत्री वातावरण तयार गर्न सक्ने विद्यालयको अनुभव रहेको छ ।
शिक्षणका अवधारणाहरुलाई विषयवस्तुसँग सान्दर्भिक बनाई गीत, कविता आदि रचना गरेर गीतिलयमा प्रस्तुत गरी वास्तविकता बोध गराउने अभ्यास गरिएका छन् । गणित जस्ता कठिन भनिने विषयमा पनि यसले सिकाईमा सरसता उत्पन्न गर्ने हुन्छ । प्राथमिक तहमा मात्रै नभएर निम्न माध्यमिक तथा माध्यमिक तहमा समेत गणित, नेपाली, सामाजिक आदि विष्षयहरुमा गीति शिक्षण बिधिको प्रयोग सान्दर्भिक र प्रभावकारी रहेको छ प्राथमिक तहमा यसलाई अनिवार्य शैक्षणिक विधिको रुपमा स्वीकार गर्दै जाने अवधारणा विद्यालयले राखेको छ ।
क) विद्यार्थी भर्ना सम्बन्धी विवरण ः
वि.सं. २०४७ सालमा तालामाराङ गा.वि.स. वडा नं. ७ मा स्थापित यो विद्यालय वि.सं. २०६० सालमा नि.मा.वि र २०६३ सालदेखि माध्यमिक विद्यालयसम्मको शिक्षा प्रदान गर्ने योजनाका साथ तालामाराङ बजारमा श्री तेर्से मा.वि.को नामबाट सञ्चालित छ । वि.सं. २०६० सालदेखि हालसम्मको विद्यार्थी भर्नाको दर निम्नानुसार रहेको छ ः
वर्ष
कक्षा २०६० २०६१ २०६२ २०६३ २०६४ २०६५ २०६६ २०६७ २०६८ २०६९ २०७०
बाविके ण् ण् ण् ण् ण् ण् ण् द्धछ द्धछ छद्द द्धद्ध
ज्ञ द्धद्ध द्धद्द डघ टट द्धढ द्धण् द्धठ घड ठट टढ ठड
द्द द्दण् द्दठ द्धघ छट छढ द्धद्द द्दढ द्दढ द्धण् घज्ञ द्धद्द
घ ज्ञढ ज्ञद्ध द्धद्द द्धट छण् टण् द्दड छज्ञ घज्ञ द्धद्द घड
द्ध घघ घट घघ छद्द द्धड छछ घढ द्धड घढ घछ द्धट
छ घण् घद्द घड घद्द द्धद्ध छद्ध द्धट छढ छण् घठ घद्द
ट द्धद्द छड छट टण् छघ छज्ञ छघ ठद्ध टट छड छद्ध
ठ ण् द्धठ द्धछ टण् द्धड द्धज्ञ छज्ञ टण् छड टघ छद्द
ड ण् ण् द्धछ द्धद्ध छट द्धछ छघ टछ द्धठ टट छढ
ढ ण् ण् ण् छण् छट द्धठ छठ ठज्ञ ढण् डण् ज्ञण्छ
ज्ञण् ण् ण् ण् ण् द्धण् द्धज्ञ द्धठ टण् छण् डज्ञ टद्द
जम्मा ज्ञडड
द्दछट
घडछ
द्धटट
छण्घ
द्धठट
द्धछण्
टण्ण्
छढद्द
टज्ञद्ध
टज्ञद्द
विद्यालय स्थापना कालदेखिका सबै विवरणहरु यहाँ उल्लेख गर्न सम्भव नदेखिए पनि विद्यालयले आफ्नो तह वृद्धि गरेको वि.सं. २०६० देखि हालसम्मको विवरणलाई विश्लेषण गर्नु सान्दर्भिक देखिन्छ । उपर्युक्त तालिकाअनुसार वि.सं. २०६० सालमा कूल १८८ जना बालबालिकाले यस विद्यालयबाट शिक्षा प्राप्त गर्ने अवसर पाएका थिए भने समग्रमा पछिल्ला वर्षहरुमा विद्यार्थी बढ्दै गएको अवस्था छ ।
ख) एस एल सी नतिजाको विवरणः
विद्यालयले शैक्षिक सत्र २०६४ देखि एस एल सीमा आफ्ना विद्यार्थीहरुलाई सहभागी गराउँदै आइरहेको छ जसको विवरण यसप्रकार रहेको छः
शैक्षिक सत्र जम्मा सहभागी उत्तीर्ण
(नियमित तथा पूरक) उत्तीर्ण प्रतिशत कैफियत
द्दण्टद्ध द्धण् द्धण् ज्ञण्ण्.ण्ण्
द्दण्टछ द्धण् घघ डद्द.छण्
द्दण्टट द्धछ घछ ठठ.ठठ
द्दण्टठ द्धद्ध द्धद्द ढछ.द्धछ
द्दण्टड द्धड द्धघ डढ.छड
द्दण्टढ ठठ घछ द्धछ.द्धछ २ जना विशिष्ट श्रेणी सहित
जम्मा द्दढद्ध
द्दद्दड
नोटः एक्जाम्टेडमा उत्तीर्णहरुको संख्या यसमा समावेश छैन ।
विद्यालयबाट हालसम्म २९४ जना विद्यार्थीहरु एस एल सी परीक्षामा सामेल भइसेका र तीमध्ये २२८ जनाले नियमित परीक्षा उत्तीर्ण गरेका छन् जसमध्ये २ जना विशिष्ट श्रेणी, २७ जना प्रथम श्रेणी, १५७ जना द्वितीय श्रेणी र ९ जना तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् । शैक्षिक सत्र २०६९ को उत्तीर्ण प्रतिशत अन्य वर्षहरुको तुलनामा कम रहेको भए तापनि २ जना विशिष्ट श्रेणी सहित १२ प्रथम श्रेणी र २१ जना द्धितीय श्रेणीमा उत्तीर्ण भएका छन् । संख्यात्मक रुपमा उत्तीर्ण हुने दरमा बृद्धि गर्न विद्यालयले विशेष योजना बनाउनु पर्ने आवश्यकतालाई महसुस गरिरहेको छ ।
ग) शैक्षिक गुणस्तर सुधारका लागि हाल विद्यालयले गरिरहेका प्रयासहरुः
विद्यालयले शैक्षिक गुणस्तरमा सुधार ल्याउन विभिन्न प्रयासहरु गरिरहेको छ । हाल विद्यालयले गरिरहेका केही सान्दर्भिक प्रयासहरु निम्नानुसार रहेका छन् ।
1. विद्यालयले हाल कक्षा ६ सम्मलाई अंग्रेजी माध्यममा सञ्चालन गरिरहेको छ ।
2. हरेक दिन प्रार्थना समयमा वक्तृत्वकलाको माध्यमबाट विद्यार्थीलाई बोल्ने बानीको विकास गराउन मद्दत पु¥याइएको छ ।
3. शिक्षण सिकाइ क्रियाकलापमा गीतिमाध्यमको प्रयोगलाई जोड दिएर सिकाइलाई रुचिपूर्ण बनाउने प्रयास बढाउँदै लगिएको छ ।
4. परियोजना कार्यलाई शिक्षण सिकाइ क्रियाकलापको एक अभिन्न अङ्गका रुपमा स्वीकार गरी जोड दिइएको छ ।
5. कक्षा व्यवस्थापन र शैक्षिक सामग्री निर्माणमा विद्यार्थी सहभागितालाई जोड दिइएको छ ।
6. 3P Model (Personal Activities,
Peer group Activities and Presentation) शिक्षण विधिलाई निम्न माध्यमिक र माध्यमिक तहमा प्रयोग गर्ने अभ्यास गरिएको छ जसले शिक्षण सिकाइ प्रक्रियामा विद्यार्थीको सक्रियतालाई अभिवृद्धि गर्दछ ।
7. वार्षिक कार्यतालिकाअनुसार अतिरिक्त क्रियाकलापमार्फत् विद्यार्थीमा रहेको सिर्जनात्मक क्षमताको प्रस्फुटन गराउने कार्यलाई जोड दिइएको छ ।
8. समयसमयमा बालमैत्री सफ्टवेयरको प्रयोग गरी बालबालिकालाई मनोरञ्जनात्मक तरिकाबाट सिक्ने वातावरण सिर्जना गरिएको छ ।
9. विद्यार्थी हाजिरीमा नयाँ तरिका अपनाई हाजिरीलाई पनि एउटा प्रत्यक्ष शैक्षिक अन्तत्र्रिmयाका रुपमा विकास गरिएको छ ।
10. शिक्षक, विद्यार्थी र अभिभावकको प्रत्यक्ष अन्तक्र्रिया र छलफलमार्फत् शिक्षण सिकाइलाई प्रभावकारी बनाउने कार्यमा जोड दिइएको छ ।
11. माध्यमिक तहमा कम्प्युटर कक्षाका माध्यमबाट सूचनाप्रविधिको प्रयोगलाई थप टेवा पु¥याइएको छ ।
12. विद्यार्थीमा जलवायु केन्द्रबाट मौसम सम्बन्धी विवरण अवलोकन गरी पर्यावरणीय अवस्थाको विश्लेषण गर्ने बानीको विकास गराइएको छ ।
13. बालक्लबमार्फत् विद्यार्थी अनुशासन र सरसफाइ सम्बन्धी कार्यलाई प्रभावकारी बनाइएको छ ।
14. विद्यालयले सञ्चालन गर्ने अतिरिक्त क्रियाकलापमा बालक्लबलाई प्रमुख जिम्मेवारी दिई कार्यक्रम सञ्चालन गर्ने गरिएको छ ।
विद्यालयमा नियमित पठनपाठनलाई प्रभावकारी बनाउन उल्लेखित क्रियाकलापहरु लगायत विभिन्न उपायहरुको खोजी र कार्यान्वयन गर्ने निरन्तर प्रयासहरु भइरहेका छन् । विद्यालयले आगामी दिनमा यस्ता अन्य धेरै क्रियाकलापहरु अबलम्बन गरी शैक्षिक गुणस्तर बृद्धिका लागि प्रयास गरिरहेको छ ।
0 comments :
Post a Comment
Thank you for your creative comment.