भ्रष्टाचार विरुद्ध जनचेतना जगाउने नाटक

(वडा कार्यालयमा वडाध्यक्ष कुर्सीमा बसिरहेका हुन्छन् । त्यसै क्रममा गाउँका चल्ताफूर्ता भनेर चिनिने जोगमणी यसपालीको गाउँको बजेटका बारेमा बुझ्न जान्छन् । ) 


जोगमणि ः नमस्कार वडाध्यक्ष ज्यू ,

वडाध्यक्ष ः नमस्कार, जोगमणी जी , के कामले आउनुभयो । बस्नोस् न् ।

जोगमणी ः खासै त के काम हुनु र नयाँ वर्षको लागि गाउँमा के कति बजेट छुट्टिएको रछ, बुझ्नुपर्यो भनेर आएको सर । अब यसपाली पनि काम त जिम्मा लिएर गर्नुपर्यो नि । नत्र गाउँको विकास कहाँ हुन्छ र ।

वडाध्यक्षः (बजेटको पत्र देखाउँदै) यही त हो नि यी गाउँपालिकाले छुट्याएको योजनाहरुको बजेट । अब तत्काल उपभोक्ता समिति बनाएर कामका ेसम्झौता गर्नुपर्छ । अनि काम सुरु गरे भइहाल्छ । निकाशाको लागि सहयोग हामी गरिहाल्छौं तर गाउँलेको सल्लाह अनुसार काम चैं राम्रो गर्नुपर्छ अनि प्रक्रिया पूरा गरेर ।

जोगमणी ः कामको त चिन्तै गर्नुपदैनन नी सर बजेट निकाशा त गर्नुस् न । हामी जस्ता काम गर्ने मान्छे भएछि त हजुरको वडा ५ वर्षमा काँचुली नै फेर्छ ।

वडाध्यक्ष ः ल उपभोक्ता समिति बनाएर आउनुहोस् । बजेट निकाशाको काममा म सघाउँला ।

जोगमणी ः (फर्कन्छन्, अनि उसको साथी दिलमणीलाई भेटछ ।) ओ हो दिलमणी भाइ कता लाग्या हो ?

दिलमणी ः कहाँ हुनु नि पारी सडकको ठेक्कामा जान लाग्या काम के गर्दैछन् । हेर्नुपर्यो नि ।

जोगमणी ः ए , एउटा सल्ला गर्नु थ्यो । 

दिलमणी ः के सल्ला हो भनौं न ।

जोगमणी ः यसपाली गाउँपालिका बाट सिरान कुलोमा ५ लाख बजेट परेको रैछ । वडाध्यक्षलाई भेटेर आइसकेँ अब मिलाएर समिति बनाएर मिलाउनुपर्छ । 

दिलमणी ः अनि मिलाएर मिलाउने चाँही के ?

जोगमणी ः कागज पत्र मिलाएर पैसा मिलाउने ।

दिलमणी ः भैहाल्छ नि , यसपाली नि दुइचारवटा योजना चैं हात पार्न पर्छ जसरी नि । बसेर कुरा गरौंला । (दुवै आ आफ्नो बाटो लाग्छन् । )

(जोगमणी र दिलमणी गाउँका मान्छे भेला गर्छन्, दिलमणीले योजनाको लागि उपभोक्ता समिति बनाउने कुरा गर्छन् । सबैले जोगमनीलाई उपभोक्ता समितको अध्यक्ष बनाउछन् ।)

रामः ल अब कुलो बनाउने कामको जिम्म चैं जोगमणी अंकलले नै लिन पर्छ ।

हरि, श्याम, सीता, अनिताः (एकै स्वरमा) हुन्छ हुन्छ । उहाँलाई नै बनाउन पर्छ । समितिमा चैं हर्के, बिर्खे, सिराने माइला लाई पनि राख्न पर्छ । (सबै तालि पिट्छन् । 

जोगमणी ः ल सबैलाई धन्यावाद अब यो सिरान कुलोको ५ लाख रुपैयाँले बन्दोबस्तको कुलो बन्छ । सबै जना ढुक्क हुनुस् । 

हर्के ः हामी समितिमा भएछि त के चिन्ता ?

सिराने माइलो ः हो त नी । 

दिलमणी ः ल अब भोली समितिको बैठक बसेर काम गर्न सुरु गर्नुपर्छ । (सबै जान्छन् ।) 

(भोली पल्ट, दिलमणी र जोगमणी कागजात मिलाउन थाल्छन् । दुबै कागज पत्र लिएर वडा कार्यालय जान्छन् ।)

जोगमणी ः नमस्कार इन्जिनियर साब । 

इन्जिनियरः नमस्कार ।

जोगमणी ः अब सम्भाmैता गर्नु पर्यो इन्जििनियर साब 

इन्जिनियर ः भै हाल्छ नि । भरे बसेर कुरा गरौंला । तपाईको कागजात पुग्या छैन । 

जोगमणी ः मिलाउला नि हजुर । अहिले चाँही काम मिलाउन । 

इन्जिनियर ः हुन्छ हुन्छ । भने अनुसारको व्यवस्था चैं हुनुपर्छ । एकै पल्ट काम सम्पन्नको कागजात मिलाएर आउनुस् । 

जोगमणी ः हस सर (दुबै जान्छन् ) 

(केही दिनमा सबै काम कागज पत्र लिएर जोगमणी र दिलमणी वडा कार्यालय जान्छन् ।)

इन्जिनियर ः ओ हो । आउनुस आउनुस बस्नोस् । कागजात सबै मिल्या छ नि । 

दिलमणी ः कुरै नगर्नुस् न सबै टाकटुक छ । पैसा चैं बरु कतिबेरमा होला ।

इन्जिनियर ः एकैछिन हैत । (पैसाको चेक दिँदै) ल भरे सँगै बस्नुपर्छ । 

दिलमणी ः भैहाल्छ नि । (पैसाको चेक लिएर दुबै जान्छन् ।) 

(एक दिन वडाध्यक्ष गाउँलेहरुको भेलामा जान्छन् । गाउँलेहरु सबेले वडाध्यक्षलाई स्वागत गर्छन् )

वडाध्यक्ष ः ल तपाइहरुको मा सिँचाइो कुलो बनिसक्यो हैन त । 

गाउँलेहरु ः (धेरै जना एकै स्वरमा) बनाउने कुरा चाँही भाका हो । खै कहिले पो हो । 

वडाध्यक्ष ः  ल तपाई सबैले कार्यसम्पन्न भएको भनेर निर्णय समेत गरेर पठाएको होइन ? पैसा त आइ सक्यो त । 

अनिता ः लौ बर्बाद पो भएछ त । यी जोगमणी र दिलमणीले त काम नै नसकी पैसा उडाए जस्तो छ । हैन यो कसरी मिल्छ ? (जोगमणी र दिलमणी निहुरिन्छन् ।) 

हर्के ः ए अब यसै हो भने त यी दुर्व जनालाई गाउँबाट भारो पर्म, ऐचो पैचौ सबै बन्द गर्नुपर्छ । 

सिराने साइलो ः कहाँ त्यति मात्रै ? त्यो भन्दा पहिला त्यो सबै पैसा थुपार्न लाउन पर्छ । अनि त्यसले कुलो नि बनाउन परो । 

सबै गाउँले ः (एकै स्वरमा) हो हो । यो दुर्व गर्न पर्छ । अब यिनका पछि कोही लागिँदैन । केही कुरा पत्याउनु पनि हुन्न । 

श्याम ः ल हामीलाई यी दुइजनाले डुबाइसकेछन् । यस्ता भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ । यो कामको क्षतिपूर्ति पनि हुनुपर्छ । यसको निसाफ चाही वडाध्यक्ष ज्यूले नै दिनु पर्यो हामीलाई । न्याय दिने त गाउँमा हजुरनै हो नि । हैन र ? 

वडाध्यक्ष ः ल मैले यहाँहरु सबैको कुरा सुनें । दिलमणी र जोगमणी यो गाउँका बदमास रहेछन् । अब यो योजना निर्माण गर्न उनीहरुले पैसा तिर्ने पर्छ । आउँदा दिनमा यीनिहरु कुनै पनि उपभोक्ता समितिमा रहन पाउने छैनन् । यहि निश्कर्ष भो ।

(सबैले तालि पिट्छन् ।)


Share on Google Plus

About krishna Dhungana

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments :

Post a Comment

Thank you for your creative comment.