माध्यमिक विद्यालय (कक्षा ९) स्तरीय शैक्षिक भ्रमण प्रतिवेदन २०६९

१. पृष्ठभूमी ः
विद्यार्थीको सिकाइलाई बढी उपलब्धिमूलक र प्रभावकारी बनाउन शिक्षण क्रियाकलापका क्रममा बिभिन्न शिक्षण बिधिहरु प्रयोग गरिनु आवश्यक हुन्छ । ती बिधिहरु मध्ये अन्वेषण र अवलोकन बिधि पनि एक प्रभावकारी बिधि हो । कक्षाकोठामा शिक्षकद्वारा भनेका कुराहरु सुनेर वा सैद्धान्तिक कुराहरु कण्ठस्थ पारेर मात्र सिकाइ प्रभावकारी नहुन सक्छ । तसर्थ विद्यार्थीहरुलाई विभिन्न पक्षहरुको बारेमा प्रत्यक्ष अवलोकन र अन्वेषण गराइ त्यसबाट आफैं सिक्ने र देखेर सिक्ने अवसर प्रदान गर्न शैक्षिक भ्रमण उपयुक्त बिधि हो । तर भ्रमणलाई प्रभावकारी बनाउन भ्रमण अवधिमा मात्र नभई त्यसको पूर्व तयारी र विद्यार्थी सहभागिताका सम्बन्धमा विद्यालयको तर्फबाट विशेष ध्यान र व्यवस्थापन गर्नु जरुरी हुन्छ । उचित व्यवस्था बिना भ्रमणलाई उपलब्धीपूर्ण र व्यवहारिक बनाउन सकिँदैन । तैपनि यसै सन्दर्भलाई लिएर यस विद्यालयले माध्यमिक तहको कक्षा ९ मा अध्ययनरत सीमित विद्यार्थीहरुको लागि ५ दिने शैक्षिक भ्रमण कार्यक्रमको आयोजना गरेको थियो । यसबाट सहभागी विद्यार्थीहरुले विभिन्न प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षका बारेमा प्रत्यक्ष साक्षात्कार गर्ने अवसरको रुपमा यसलाई उपयोग गरेका छन् । यसैसँग सम्बन्धित बिबिध पक्षलाई समेटेर यो प्रतिवेदन तयार गरिएको छ । क

२. भ्रमणका क्षेत्रहरु ः
यस विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुको शैक्षिक भ्रमणको मूख्य केन्द्रबिन्दु काठमाडौं, पोखरा, लुम्बिनी, तानसेन, गोरखा र मनकामनालाई बनाइएको भए तापनि त्यस आसपासका अन्य क्षेत्रहरुको बिबिध पक्षहरुलाई समेत अध्ययन अवलोकनको विषयवस्तु बनाइएको थियो ।

३. भ्रमणका उद्देश्यहरु ः
नेपाल धार्मिक सांस्कृतिक र प्राकृतिक दृष्टिले बिबिधतायुक्त मूलुक हो । यसै सन्दर्भमा ति बिबिधताहरुको बारेमा प्रत्यक्ष अवलोकन र जानकारी प्राप्त गर्नु भ्रमणको मुख्य उद्देश्य रहे तापनि समग्रमा भ्रमणका क्रममा निम्न उद्देश्यहरु पूरा प्राप्त हुने अपेक्षा गरिएको थियो ।
ज्ञ) नमूनामा परेका क्षेत्रको प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक स्थितिको अवलोकन गर्नु ,
द्द) प्राचीन कला र संस्कृतिको बारेमा जानकारी प्राप्त गर्नु ,
घ) बिबिध ऐतिहासिक तथ्यहरुको जानकारी लिनु ,
द्ध) भौगोलिक बिबिधताको प्रत्यक्ष जानकारी लिनु ,
छ) आफ्नो समूदाय र नमूनामा परेका सम्बन्धित क्षेत्रहरुको सामाजिक स्थिति र जीवनशैलीका बारेमा तुलना गर्नु ,
ट) प्राकृतिक अवस्था र विकासका गतिबिधिहरुको बारेमा आफ्नो समूदाय र सम्बन्धित क्षेत्रका बीच भिन्नता पहिल्याउनु ,

३. भ्रमण गतिबिधि वा कक्रियाकलाप ः
विद्यालयले तय गरेको शैक्षिक भ्रमणको कार्यक्रम ५ दिनको समयाबधिका लागि थियो । २०६९ साल मंसिर १० गते बिहान करिब ६ः३० बजे विद्यालयबाट ३१ जना विद्यार्थी ४ जना शिक्षक–शिक्षिका र अन्य अतिथि र सवारी साधनका स्टाफ सहित ४२ जनाको समूह भ्रमणका लागि प्रस्थान गरेको थियो । उक्त समूहबाट तोकिएको समयबधिमा गरे गराएका क्रियाकलाप र विवरणहरु दैनिकीको रुपमा प्रस्तुत गरिएको छ ।

२०६९ साल मंसिर १० गते ः
भ्रमणको सुरुको दिन मंसिर १० गते बिहान करिब ६ः३० बजे भ्रमण टोली विद्यालयबाट प्रस्थान ग¥यो । काठमाडौं उपत्यका हुँदै राजधानीको मुख्य नाका थानकोटबाट चितवनको नारायणगढ, सौराहाचोकसम्मको यात्रा यस दिनको आकर्षण हो । सुरुको कच्ची धुले सडक, राजधानीको ट्राफिक समस्या राजधानीबाट तराई तथा देशको पश्चिमी भाग जोड्ने एकमात्र नाका थानकोट, नेपालको प्रमुख तीर्थस्थल गोसाईंकुण्डबाट उत्पत्ति भई बगेको त्रिशुली नदीको प्राकृतिक दृष्य र राजधानीको अव्यवस्थित शहरीकरण र फोहोर आदिका बारेमा अवलोकन गर्दै र चिउरा र दालमोठको सुख्खा खानेकुराको स्वाद खाजाको रुपमा लिएर बिहानको खाना धादिञको मलेखु नजिक घुर्मीमा खाएर बेलुकी ८ बजेतिर चुरेको तल्लो भागमा अवस्थित चितवन जिल्लाको नारायणगढ, सौराहाचोकमा भ्रमण टोली बसोबासका लागि व्यवस्था गर्न पुगेको थियो ।

२०६५ साल मंसिर  ११ गते ः
दोस्रो दिनको क्रियाकलाप मंसिर ११ गते बिहान ५ बजे सुरु भयो । चियापान पछि करिब ६ः३० बजे त्यहाँबाट चितवन राष्ट्रिय निकञ्जको सौराहा क्षेत्रलाई गन्तव्य स्थल मान्दै भ्रमण समूह सौेराहा प्रस्थान ग¥यो । सौराहा क्षेत्रमा एक जना सहयोगीका साथ गैडासँगको करिब करिबको जम्काभेट अनि निकुञ्ज क्षेत्रका अन्य जीवजन्ुत र पशुपंक्षीहरु सम्बन्धि विभिन्न तथ्यहरुको बारेमा जानकारी लिँदै संग्रहालयमा राखिएका विभिन्न प्राकृितक जीवजन्तुका अवशेषहरुको अवलोकन गर्ने अवसर प्राप्त भएको थियो । त्यसपछि नेपालकै सबैभन्दा लामो र मेचीदेखि महाकाली सम्म जाड्ने महेन्द्र राजमार्गको नारायणगढ–बुटवल खण्ड हुँदै मस्र्याङ्दी, तिनाउ जस्ता ठुला नदीहरु, तराईका समथर भू–भाग भित्री मधेसमा रहेको बिभिन्न जङ्गलका दृष्यहरु हेर्दै बुटवलसम्मको यात्रा समाप्त भयो । तर पनि टोली बुटवल हु“दै बुद्धको जन्मस्थलपुनः लुम्बीनीका लागि आगाडी बढि नै रह्यौं । करिब १२ः३० बजे लुम्बिनी क्षेत्रमा भ्रमण टोली पुगेको थियो । उक्त क्षेत्र अवलोकनको मुख्य विषयबस्तु भएकोले त्याहा“का बिबिध पक्षहरुको बारेमा जानकारी प्राप्त गरिएको थियो । मायादेवीको मन्दिर, गौतम बुद्धले तपस्या गरेको भनिएको पपिलको बोट, कहिल्यै ननिभ्ने शान्ति दीप, अशोक स्तम्भ, विभिन्न कलात्मक बौद्ध बिहार तथा गुम्बाहरु र मठहरु त्यहा“का आकर्षण थियो । लुम्बिनीको अवलोकन पछि पाल्पाको तानसेनमा सम्पर्क गरी बसोबासको टुञ्गो लगाएर सा“झ ८ बजे ऐतिहासिक पाल्पा बजार (तानसेन)मा बसोबास गर्न पुगिएको थियो ।

२०६९ साल मंसिर १२ गते ः
भौगोलिक आधारमा पहाडी क्षेत्रमा पर्ने पाल्पा र स्याङ्जाको व्यवसायिक खेतिपाती, बसोबासको प्रकृति, आदिको जानकारी र अवलोकन गर्ने आकांक्षा सहित पुनर्निर्माण भइरहेको पाल्पा दरबारको अवलोकन गर्न तेस्रो दिन मंसिर १२ गते बिहान करिब ६ बजे यात्रा आरम्भ भएको थियो । पाल्पा(तानसेन)को प्रमुख तथ्यहरु र स्थलहरुको बारेमा समूहलाई बसोबासको व्यवस्था गरिदिने सुरेश गौचनले उल्लेख्य रुपमा प्रष्ट पारिदिए उनको सहयोग अत्यन्तै औचित्यपूर्ण र प्रशंसनीय रह्यो । रणउज्जेश्वरी मन्दिर, पाल्पा दरबार, श्रीनगर क्षेत्र र आसपासको भागोलिक तथा प्राकृतिक दृष्यहरुको अवलोकन गर्दै पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने नेपालकै प्रमुख शहर पोखराको अवलोकनका लागि भ्रमण टोली प्रस्थान ग¥यो । पाल्पा र स्याङ्जाको महत्वपूर्ण भौगोलक तथा प्राकृतिक दृष्यहरुको अवलोकन गर्दै करिब ११ बजेतिर पोखरा पुगिएको थियो । खाना खाएर  पाताले छा“गो, महेन्द्र गुफा,सेती नदी तथा फेवा तालको दर्शनीय स्थलहरुको अवलोकनसँगै फेवा तालको ढुञ्गा सवार रोचक हुन पुग्यो । त्यसपछि हाम्रो साँझको समयलाई उपयोग गर्दै यात्रा गोरखा तर्फ अगाडी बढ्यो र बेलुकी करिब ९ बजे गोरखाको सदरमुकाम गोरखा बजारमा बसोबासको प्रबन्ध मिलाइएको थियो ।

२०६९ साल मंसिर १३ गते ः
चौथो दिनको यात्रा नेपाल एकिकरणको ऐतिहासिक थालनी भएको र नेपालका शाहवंशीय राजाहरुको उद्गम स्थल मानिने गोरखा क्षेत्रको अवलोकनबाटै सुरुवात भयो । बिहान ६ः०० बजेबाट गोरखा दरबार क्षेत्र, गोरखकाली मन्दिर, सिद्धपाइला आदि यहा“का महत्वपूर्ण स्मारकहरुको अवलोकन गर्दै खाना खाइ गोरखा संग्रहालयको अवलोकन गर्ने व्यवस्था मिलाइयो । संग्रहालयमा नेपालको शाहवंशीय इतिहासमा पृथ्वीनारायण शाहका समयमा प्रयोग गरिएको विभिन्न सामग्री र निधिहरुको अवलोकन गर्ने अवसर हामीले प्राप्त गर्यौं । पृथ्वीनारायण शाहले राज्य गरेको दरबार उच्च पहाडमा झण्डै किल्लाको रुपमा रहेको अत्यन्तै ऐतिहासिक थियो । यसको अध्ययन र अवलोकन गर्दै बेलुकी काडमाडौं पुग्ने लक्ष्य रोखेर करिब १ः०० बजे कुरिनटार आइपुगेको थियो र आधा घण्टाको प्रतिक्षा गरि टिकटको व्यवस्था गरेर मनकामना सम्मको केबुलकारको यात्रा सुरु गरियो । मनकामनाको करिब १ घण्टा दर्शन पछि पुन केबुलकारको यात्रा मार्फत हामी कुरिनटार फर्किएर काठमाडौंका लागि प्रस्थान गर्यौं । काठमाडौं तिलगञ्गामा वि.व्य.स. अध्यक्ष मार्फत व्यवस्था मिलाइएको बासस्थानमा बेलुकी करिब ८ः०० बजे हामी आइपुग्यौं र उक्त दिनको यात्रा अन्त्य भएको थियो ।

२०६९ साल मंसिर १४ गते
भ्रमणको अन्तिम दिन मंसिर १४ गते बिहान सबेरै करिब ६ बजे सबै जना पशुपतिनाथको दर्शन र त्याहाँको कलात्मक बस्तुहरुको अवलोकन गरी चिया खाएर स्वयंभुको लागि प्रस्थान गर्यौं । स्वयम्भु स्तुपको दर्शन पछि संग्रहालयको अवलोकन गर्ने योजना रहे पनि करिब १.५ घण्टा अर्थात ११ः३० बजेसम्म पर्खनुपर्ने भएकोले हामी चिडियाखानाको अवलोकन तर्फ लाग्यौं । चिडियाखानामा संरक्षित विभिन्न पशुपंक्षीहरुको अवलोकन पछि जावलाखेलमा नै खाना खाई नारायणीहिटी दरबारको अवलोकन गर्न भ्रमणटोली अगाडी बढेको थियो । शाहवंशीय शासन र परम्परागत राजतन्त्रको अवसान भएको नारायणीहिटी दरबार संग्रहालयमा राजसंस्थाको तत्कालिन गतिबिधिलाई झल्कने विभिन्न तथ्यहरुको अवलोकन पछि हामी करिब २ः३० बजे त्याहाबाट हिडियो र बेलुकी करिब ६ः०० बजे भ्रमण टोली तालामाराञ बजार सम्म आइ एक अर्कामा खुसीहरु साटासाट गर्दै आ–आफ्नो घरतिर लागेको थियो ।

४. भ्रमणबाट आर्जित ज्ञान ः
अन्वेषण र अवलोकनको माध्यमबाट ज्ञान र सीप प्राप्त गर्ने भ्रमणको मूल उद्देश्य रहेको थियो । ५ दिनको अवलोकन भ्रमणबाट विद्यार्थीहरुमा बिबिध जानकारी र अनुभवहरु प्राप्त भएका छन् । धार्मिक, सांस्कृतिक, प्राकृति, ऐतिहासिक आदि पक्षहरुको बारेमा जानकारी प्राप्त गर्दै समग्रमा निम्न उपलब्धीहरु हासिल भएको पाइयो ।
शहरी क्षेत्रमा हुने प्रदुषण, ट्राफिक समस्या र अव्यवस्थित शहरीकरणका बारेमा जानकारी र अनुभव ।
नेपालमा पाइने विभिन्न जीवजनावरहरुको पहिचान र महत्वका बारेमा जानकारी ।
बिभिन्न लोकमार्गहरु र तिनको स्थितिका बारेमा जानकारी ।
लुम्बिनी, गोरखा जस्ता क्षेत्रको एतिहासिक महत्व र पहिचानको बारेमा अनुभव ।
विभिन्न भौगोलिक बनावटका बीचमा तुलना गर्ने अवसर ।
विभिन्न क्षेत्रको सामाजिक, आर्थिक रहनसहनको बारेमा सामान्य जानकारी ।
नेपालका प्रसिद्ध केही नदीहरुको अवलोकन र तिनको उपयोगिताको बारेमा सामान्य अनुभव ।
प्रसिद्ध लुम्बिनी, गोरखा दरबार, संग्रहालयको आधारमा ऐतिहासिक तथ्य र गतिबिधिका बारेमा अनुमान ।
पर्यटकीय नगर पोखराको प्राकृतिक चिनारी ।
ऐतिहासिक महत्वका समग्रीहरुको अवलोकनद्वारा ऐतिहासिक तथ्यहरुको अनुमान गर्ने अवसर  ।
पर्यटन व्यवसाय तथा यसबाट राज्य र समूदायलाई हुने फाइदाको अनुभव ।

५. भ्रमण विश्लेषण
५ दिनको यस भ्रमणको अवधिमा भए गराइएका त्रियाकलापहरुमा केही सकारात्मक र केही नकारात्मक दुवै पक्ष देखिए तापनि सकारात्मक पक्ष नै बढी रहेको अनुभुति भएको छ । भ्रमणका सिलसिलामा पाइएका सबल र दुर्बल पक्षहरु निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

सबल पक्षहरु ः
ड्ड विद्यार्थीहरु अनुशासित र मर्यादित अवस्थामा सक्रिय रहनु ,
ड्ड समूहका कुनै पनि व्यक्तिहरुबाट कुनै किसिमका असामान्य क्रियाकलाप नहुनु
ड्ड भ्रमणमा सहभागी शिक्षक तथा विद्यार्थी बीचको सम्बन्ध सुमधुर रहनु,
ड्ड हरेक दिन गरिएका गतिबिधि र समस्याहरुको सोही दिन विश्लेषण गरिनु,
ड्ड भ्रमण स्थलमा त्यस सम्बन्धि बिबिध विषयमा विद्यार्थीहरुबाट सकारात्मक चासो दिनु,
ड्ड सहभागी गाडी स्टाफ, शिक्षक शिक्षिका तथा अन्य अतिथीहरुबीच राम्रो समन्वय भइ सबैले उत्तीकै सक्रियता देखाउनु ।
ड्ड कतिपय स्थानहरुमा सम्बन्धित क्षेत्रका मानिसहरु मार्फत त्यहाँका बिबिध पक्षहरुको बारेमा जानकारी लिने अवसर मिल्नु ।

दुर्बल पक्षहरु ः
ड्ड भ्रमणको बारेमा पर्याप्त पूर्व तयारी हुने वातावरण तयार हुन नसक्नु ।
ड्ड भ्रमणमा संलग्न शिक्षक कर्मचारीहरुका बीचमा शैक्षिक भ्रमणलाई प्रभाबकारी र बढी उपलब्धिमूलक बनाउने बारेमा पूर्व योजना बनाउने समय नहुनु ।
ड्ड सम्बन्धित सबै विद्यार्थीहरु सहभागी हुन सक्ने वातावरण विद्यालयले बनाउन नसक्नु ।
ड्ड विद्यालयबाट भ्रमणमा के, कसरी, कति, किन भ्रमण आयोजना गर्ने भन्ने बारेमा ठोस निर्णय र व्यवस्था नहुनु,
ड्ड दैनिक रुपमा भ्रमण गतिबिधि र आर्जित ज्ञान तथा अनुभवका बारेमा समिक्षा र विश्लेषण हुने पर्याप्त समय र वातावरण हुन नसक्नु,

६. निश्कर्ष र सुझाव ः
भ्रमणका सबल र दुर्बल पक्ष दुबै रहे तापनि भ्रमणबाट विद्यार्थीमा सीमित मात्रामा भए पनि केही नया“ ज्ञान तथा अनुभवहरु प्राप्त भएका देखिन्छन् । तर लक्षित सबै विद्यार्थी भ्रमणमा सहभागी हुन नसक्नुले ले शैक्षिक भ्रमणको औचत्यमाथी समेत प्रश्न उठाउन सकिन्छ ।  विद्यालयको तर्फबाट यस्तो प्रकारको शैक्षिक भ्रमणको यो चौंथो अनुभव भए तापनि शैक्षिक भ्रमणका बारेमा खास कार्येले ले योजना निर्माण र व्यवस्थापनमा केही अन्योलता देखिनु स्वभाविक मान्नु पर्दछ । यो अवलोकन भ्रमणका गतिबिध यसका उपलब्धी आदिको बारेमा बिश्लेषण गरी प्राप्त निश्कर्षका आधारमा निम्नानुसारका सुझावहरु प्रस्तुत गर्न सकिन्छ ।

क) भ्रमणलाई शैक्षिक भ्रमणको रुपमा नै  लिन सबै ािद्यार्थीहरुलाई सहहभागी कसरी गराउन सकिन्छ भन्ने विषयमा विद्यालयको तर्फबाट जिम्मेवारीपूर्वक सोचेर वार्षिक कार्ययोजनामा नै समावेश गरिनु पर्दछ ।
ख) भ्रमणको उद्देश्य, के कति विद्यार्थी सहभागी गराउने, आर्थिक व्यवस्थापन कसरी गर्ने, जिम्मेवारी कसलाई हुने आदि सम्बन्धमा व्यापक छलफल गरी पूर्व तयारी गर्नु पर्दछ ।
ग) भ्रमणका क्षेत्रहरुको प्रमुख बिशेषता र त्यसको महत्वका बारेमा पूर्व जानकारी र सूचना शिक्षक तथा कर्मचारीलाई हुनु राम्रो हुन्छ । अन्यथा अध्ययन क्षेत्रका जानकारहरुलाई स्रोतव्यक्तिका रुपमा सहभागि गराउनु उपयुक्त हुन्छ ।
घ) भ्रमणमा संलग्न हुने शिक्षक तथा विद्यार्थीहरुका लागि आचार सहिंता भ्रमण पूर्व नै तयार गर्ने वातावरण हुनु पर्दछ ।
१०–१४ मंसिर, २०६९
प्रस्तुतकर्ता ः
कृष्णप्रसाद ढुङ्गाना
श्री तेर्से माध्यमिक विद्यालय
तालामाराङ्ग, सिन्धुपाल्चोक



Share on Google Plus

About krishna Dhungana

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

14 comments :

  1. धेरै राम्रो लाग्यो सर

    ReplyDelete
  2. हजुरको यो प्रतिबेदनले मलाइ धेरै सहयोग भएको छ याहा लाई भित्री ह्रुदय देखि नै धन्यवाद भन्न चाहान्छु

    ReplyDelete
  3. Hjr malai school Karya karam ko pratibedan chahiyeko chha sir

    ReplyDelete
  4. Holi ko barema chahiyeko xa sir English language ma

    ReplyDelete
  5. ALI VAYANA YO

    ReplyDelete
  6. What do you mean

    ReplyDelete

Thank you for your creative comment.