प्रतिवेदन लेखनको अभ्यास


विद्यार्थीलाई प्रतिवेदन लेखनको अभ्यास गराउन तयार गरिएको 

नमूना १ 

मानव बेचबिखन नियन्त्रणमा भएका कानुनी व्यवस्थाका बारमा नजिकको सुरक्षा निकायमा गइ छलफल गरी कक्षामा प्रतिवेदन प्रस्तुत गर्नुहोस् ।


मानव बेचबिखन नियन्त्रणमा भएका कानुनी व्यवस्थाका बारेमा प्रहरी चौकी तालामाराञमा भएको छलफलका आधारमा तयार पारिएको प्रतिवेदन

पृष्ठभूमि ः

हामी कक्षाा ८ मा अध्ययनरत सबै विद्यार्थीहरु विषय शिक्षकको समन्वयमा प्रहरी चौकी तालामाराञमा मानव बेचबिखन नियन्त्रणमा भएका कानुनी व्यवस्था सम्बन्धी विषयमा छलफल गर्न गएका थियौं । छलफलमा हामी विद्यार्थी, सामाजिक शिक्षक सहित प्रहरी चौकीका असइ, हवल्दार र केही प्रहरी जवानहरु हुनुहुनथ्यो । सोही छफलफलका आधारमा यो प्रतिवेदन तयार पारिएको हो । 

उद्देश्य ः 

यस छलफल कार्यक्रमको उद्देश्य निम्नानुसार निर्धारण गरिएको थियो ः 

क) मानव बेचबिखन नियन्त्रण सम्बन्धी भएका कानुनी व्यवस्थाको बारेमा जानकारी प्राप्त गर्नु  

ख) भएका कानुनको कार्यान्वयनको स्थितिबारे थाहा पाउनु 

ग) मानव बेचबिखन नियन्त्रणमा रहेका चुनौतीहरु थाहा पाउनु 

छलफलबाट प्राप्त कुराहरु ः 

कुनै उद्देश्यले मानिस किनबेच गर्ने, श्रम शोषण गर्ने, वेश्याबृत्तिमा लगाउने र कानुनि प्रबधान बिपरित मानिसको अंग झिक्ने काम मानव बेचबिखन हो भनी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनले परिभाषा गरेको छ । नेपालमा बि.संं २०६४ मा सो ऐन बनेर अहिले कार्यान्वयनमा छ । चेलिबेटी बेचबिखन, बालबालिका बेचबिखन, मानव अंग बेचबिखन लगायत कुनै स्वार्थ पूरा गर्न मानिसलाई शारीर र मानसिक रुपमा कुनै फान्दामा पारेर आर्थिक लेनदेनको कार्य गर्नु मानब बेचबिखनका गतिबिधि हुन् । मानव बेचबिखन कानुनी अपराध भएकोले त्यस्ता कार्य प्रचलित कानुन बमोजीम दण्डनीय हुन्छन् । मानब बेचबिखनमा संलग्न व्यक्तिलाई जुनसुकै बेला प्रहरीले पक्राउन गर्न र कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउन सक्छ । बेचबिखनमा संलग्न व्यक्ति र उसलाई सहयोग गर्ने व्यक्तिले समेत कारबाही भोग्नुपर्ने कानुनी व्यवस्था छ । पिडकलाई कारबाहीसँगै पिडितलाई उचित क्षतिपूर्तिको समेत व्यवस्था रहेको छ । हाम्रो समाजमा कहीँ कतै यस्ता बेचबिखनका घटनाहरु हुँदैछन् वा भएका छन् भने तत्काल सुरक्षा निकायमा जानकारी गराउनु पर्दछ । यस्ता कार्य रोकथाम र नियन्त्रणका लागि विभिन्न सामाजिक संघसंस्थाहरुपनि खुलेका छन् । मानब अधिकारको अन्तराष्ट्रिय घोषणा पत्रमा समेत यस्तो कार्य मानव अधिकार बिरुद्धको गतिबिधि हो तसर्थ संयुक्त राष्ट्रसंघमा आवद्ध हरेक राष्ट्रले यस विरुद्ध कानुन निर्माण गरी कार्यान्वयन गर्नुपर्दछ । 

निश्कर्ष र सुझाव ः 

मानव बेचबिखन जघन्य अपराध हो । मानब बेचबिखन बिरुद्ध हरेक नागरिक सचेत हुनु आवश्यक छ । यस विरुद्धका कानुन अझ कडा बनाइनु पर्दछ । भएको कानुनको पूर्ण कार्यान्वयन पनि आवश्यक छ । कानुनले अपराध मानेका कुनै पनि विषयलाई कुनै पक्षले संरक्षण दिनु हुँदैन । सरकार, राजनैतिक दल, बौद्धिक व्यक्तित्व, सामाजिक कार्यकर्ताहरु मानव बेचबिखन नियन्त्रणको अभियानमा सक्रिय हुनु आवश्यक छ । 

समाप्त

(लामो उत्तर आउने प्रश्न भएमा केही बिस्तृत रुपमा लेख्नुपर्ने हुन्छ ।) 


Share on Google Plus

About krishna Dhungana

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments :

Post a Comment

Thank you for your creative comment.